Advertisement
SKIP THIS

कोरियामा रहेका नेपालीले बुद्धजयन्ती मनाए


दक्षिण कोरियामा रहेका नेपालीहरुले राजधानीसँगै जोडिएको सहर आन्सान बुद्धजयन्ती मनाएका छन् । आइतबार भएको कार्यक्रममा सोल छेउछाउ रहेका नेपालीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
धेरै विदेशी बस्ने सहरको रुपमा चिनिएको आन्सानमा विहान १२ बजे देखि बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने नारा सहित सहर परिक्रमा गरिएको थियो । ‘यहाँका धेरै कोरियालीहरुलाई बुद्ध नेपालमा जन्मिएका हुन् भन्ने थाहा छैन् । यस्तो कार्यक्रमहरुले नेपालमा हिमाल मात्रै होइन बुद्ध धर्मालम्बीको लागि एउटा धार्मिक गन्तब्य पनि छ भन्ने जानकारी हुन्छ । हामीले सबै मिलेर सकेको प्रचार गर्न सके सकारात्मक शन्देश जान्छ ।’ नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका कार्यवाहक अध्यक्ष विशन राईले भने ।
नेपाली राजदूतावास, नेपाल आदिवासी जनजाति महासंघ, गैर आवासीय नेपाली संघ ख्यङ्गीईन्छन शाखा र सनातन साहित्य संगित साधना समूह मिलेर कार्यक्रमको आयोजना गरेका हुन् । कार्यक्रम सहभागि भएका थारू कल्याणकारी सभाका अध्यक्ष शिव शंकर महताे थारुलाई कोरियाको ठाउँमा भएको कार्यक्रम सकारात्मक रहेको बताए । ‘आज विहान पनि पानी परेको थियो । कोरियालीहरुले बुद्धका बारेमा सुनेका छन् । यसरी सार्वजनिक रुपमा कार्यक्रम गर्दा उनीहरुमा पनि चासो बढ्ने रहेछ । हामी सहर परिक्रमा गर्दा पनि धेरै कोरियालीले साचो पुर्वक हेरेका थिए ।’ उनले भने ।
कोरियालीहरुले पनि बुद्ध जयन्ती मनाउने भए पनि नेपालको बुद्धजयन्ती भन्दा पछि मे महिनाको २७ तारिखमा मनाउँदैछ । बुद्ध पृथ्वीमा आउनु भएको दिन अर्थात ‘बुछनीम ओसिननाल’ भनिने कोरियामा सार्बजानिक बिदा दिनुको साथै यहाँ रहेका गुम्बा चैत्यमा पुजा गर्ने चलन छ । सन् २०१५ गरिएको जनगणना अनुसार ७६ लाख कोरियालीहरु बौद्ध धर्म मान्ने गर्छन् । कोरियाको राजधानी सोलमा बर्षिनी ५ लाख भन्दा बढि मानिसहरु सहभागी भएर ‘लोटस ल्यान्टर्न फेस्टिभल’ मनाउने गर्छन् । सो फेस्टिभलमा १ लाख भन्दा बढि लालटिनहरु बालिने गरिन्छ । विश्वका ३० भन्दा बढि देशका बौद्ध धर्मालम्बीहरु सहभागी हुने यो फेस्टिभल संसारका ठूला बौद्ध धार्मिक महोसत्वमा पर्छ भने युनेस्कोले ईन्टेन्जीवल कल्चरल हेरिटेजको लिस्टमा समाबेश गरेको छ ।

 

थप तस्विर

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...