‘डेढ करोड’ पर्ने केरालाई विद्यार्थीले खाएदिए
एउटा मामुली केरालाई झन्डै ‘डेढ करोड’ अर्थात १ लाख २० हजार डलर । ईटालियन कलाकार मौजिरियो क्याटेलानले सामान्य केरालाई डप टेपले बाँधेर कमेडियन शिर्षकमा कला प्रदर्शनी गर्छन् । संसारको विभिन्न भागमा हुने प्रर्दशनीमा उनको यो कला सन् २०१९ मा १ लाख २० हजार डलरमा विक्रि भएको थियो ।
अहिले उनको कला कोरियाको सउलको लिउम म्युजियम अफ आर्टमा प्रर्दशनी भैरहेको छ । गत हप्ता सउल नेसनल युनिभर्सिटीका एक कला विद्यार्थीले उनको यो केराकाे कलालाई खाइदिए । विद्यार्थीले म्युजियमलाई आफू भोकाएकोले प्रर्दशनीमा राखिएको केरा खाएको बतायो ।
“यो अचानक भयो, त्यसैले कुनै विशेष कारबाही भएन । कलाकार (क्याटेलन) लाई घटनाको बारेमा जानकारी गराइयो तर उसले कुनै प्रतिक्रिया दिएको छैन,“ संग्रहालयका प्रवक्ताले प्रेसलाई भनेको छन् ।
केरा खाने विद्यार्थीका साथीले उनले किरा झिकेर खाएको र बोक्रालाई फेरी झुन्ड्याएको भिडियो खिचेर सामाजिक सञ्जालमा राखेका छन् । उनले जानी जानी नै यस्तो कार्य गरेको जस्तो देखिए पनि संग्राहलयले भने कुनै कार्वाही नगर्ने भएको छ ।
कलाकार क्याटेलन एकल प्रदर्शनी वी जुलाई १६ सउलमा प्रदर्शनी हुनेछ । प्रर्दशनीमा राखिएको केरालाई संग्राहलयले नियमित रूपमा हरेक दुई वा तीन दिनमा फेर्ने गरेको थियो । सउलको प्रदर्शनीमा यो कलालाई विक्रिमा भने राखिएको छैन ।