स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज
गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।
रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको कोरियन भाषा (EPS-TOPIK, UBT-2023 ) परीक्षाको मिति २०८०।०१।११ (तदानुसार २४ अप्रिल २०२३) गतेको तेश्रो र चौथो चरण (3rd and 4th Session) को भाषा परीक्षा प्राबिधिक कारणले सो समयमा स्थगित भएको थियो ।
सो परीक्षा मिति आज अर्थात २०८०।०१।१४ (तदानुसार २७ अप्रिल २०२३) गतेमा क्रमश: पहिलो र दोश्रो चरणमा सम्पन्न हुने EPS कार्यालय ग्वार्खोले जनाएको छ ।