नेपाली परोपकार समाज थेगुको छै‌ंटौ महाधिवेशनबाट अजीत सापकोटा नेतृत्वको कार्यसमिति चयन


कोरिया स्थित नेपालीहरुको साझा संस्था नेपाली परोपकार समाज थेगुको छैटौ महाधिवेशन सम्पन्न भएको छ । थेगु सहरको कुजी खेलमैदानमा अप्रिल २३ तारिक आइतबार सम्पन्न सो महाधिवेशनबाट अजीत सापकोटा अध्यक्ष रहने गरि १७ सदस्यीय संरचनाको छैटौ कार्यसमिति गठन भएको हो ।

समाजका अध्यक्ष निमेश गुरुङको सभाध्यक्ष र सोही समाजका वरिष्ठ सल्लाहकार फत्त पुन मगरको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका महासचिव नविन बरालको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा सचिव अमृत अधिकारीले प्रगति विवरण र कोषाध्यक्ष मिलन थापा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत असिम आले मगररको संयोजकत्वमा, फत्त पुन मगर, डिलेन्द्र मगर र नविन बराल सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा अजीत सापकोटा, वरिष्ठ उपाध्यक्ष विधान राई, उपाध्यक्षहरुमा रोशन थापा मगर, प्रबित गुरुङ र पधमेन्द्र श्रेष्ठ चयन भएका छन् भने सचिवमा महेन्द्र भट्टराई, सहसचिवमा ध्रुव खाती साथै कोषाध्यक्षमा याम गुरुङ, सहकोषाध्यक्ष रामु घिमिर चयन भएका छन् । सदस्यहरुमा विवेक भट्टराई, गणेश खत्री, वसन्त नेम्बाङ, राजन न्यौपाने, डेबिट चन्द्र सुब्बा गुरुङ, रुद्र प्रताप मल्ल, पूर्ण लिम्बु र अविनाश पाण्डे कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा समाजका सचिव अमृत अधिकारी र बन्द सत्रमा समाजका निर्वाचन मण्डल संयोजक असिम आले मगरले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको सो अधिवेशनमा शुभकामना सहित अमूल्य समय प्रदान गरेर छै‌ंटौ महाधिवेशन सफल पार्न उपस्थित आमन्त्रित अतिथिहरु, संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा नेपाली परोपकार समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • छुसकमा शेर्पा संघले “हिमालयन सांगितिक धमाका” आयोजना गर्ने
  • ‘छ्योर्तेन राम्रो..’मा गौतम र मिनुको अभिनय (भिडियो)
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • गौतम गोलेको दोस्रो म्युजिक भिडियो ‘छ्योर्तेन राम्रो’को पोस्टर सार्वजानिक
  • ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...