Advertisement
SKIP THIS

मिर्‍याङ्ग नेपाली समाजको आठौं अधिवेशनबाट साजन थापा नेतृत्वको कार्यसमिति चयन


कोरिया स्थित नेपालीहरुको साझा संस्था मिर्‍याङ्ग नेपाली समाज दक्षिण कोरियाको आठौं अधिवेशन सम्पन्न भएको छ । मिर्‍याङ्ग स्थित रोटरी क्लबको हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट साजन थापा अध्यक्ष रहने गरि ३४ सदस्यीय संरचनाको आठौं कार्यसमिति गठन भएको हो ।

समाजका अध्यक्ष मिलन तामाङको सभाध्यक्ष र गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष सञ्जीव कुमार राईको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष साजन थापाको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा वरिष्ठ उपाध्यक्ष टंक रिजालले प्रगति विवरण र सहकोषाध्यक्ष विक्रम गरन्जा मगरले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि सञ्जीव कुमार राईले वर्षेनी “छेजुदो भ्रमण” को आकर्षक प्याकेज आयोजना गर्दै कोरियामा रहेका नेपाली समुदायमा एक सक्षम संस्थाको रुपमा परिचित रहँदै नेपालीहरुविच एक आपसको सद्भाव र आत्मीयता बलियो बनाउन मद्धत मात्र नभई सामाजिक कार्यमा पनि उत्तिकै अग्रसर रहिआएको बताए । मिर्‍याङ्ग नेपाली समाजको हरेक गतिविधिमा अमूल्य सहयोग र सहकार्य गर्दै आउनुभएका सम्पूर्ण महानुभाव र संघसंस्थालाई समाजका अध्यक्ष मिलन तामाङले धन्यवाद व्यक्त गरेका थिए । ख्यङ्साङ्नाम्दो, किम्हे/बुसान क्षेत्र आसपासका अन्य संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको सो समारोहमा अन्य वक्ताहरुले समाजको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत सागर पोखरेलको संयोजकत्वमा मिलन तामाङ, सुजाता बस्नेत र शम्भु राउत सदस्यीय रहेको निर्वाचन मण्डलले विधिवत् रुपमा गठन गरेको कार्यसमिति अध्यक्षमा साजन थापा, वरिष्ठ उपाध्यक्ष असिम पुन मगर, उपाध्यक्षहरुमा प्रिती लामा, एजेलिया थेबे र दीपक सिंह चयन भएका छन् भने सचिवमा विक्रम गरन्जा मगर, सहसचिवहरुमा प्रेम क्षेत्री र प्रिती लामा साथै कोषाध्यक्षमा अञ्जु पाख्रिन, सहकोषाध्यक्ष ज्योती मगर चयन भएका छन् । सदस्यहरुमा मालती लामा, शान्ति सुनुवार, सुम्निमा राई, परिमा मगर, किरण सारु मगर, लिली मगर, मालती तामाङ, एल्भिना मगर, छविलाल शर्मा, करिश्मा जोशी, कल्याणी काफ्ले, आङपासी शेर्पा, भावना योञ्जन, अमृता गुरुङ, पस्डिकु शेर्पा, कविता मगर, सीता कटुवाल, प्रकाश जोशी, विश्वास नेपाली, पुष्पा सोपाली, पुकेश भुजेल, राम कुँवर, मेज्ग्राम बुढाथोकी र दिल कुमार मगर (विदेश) गरी आठौं कार्यसमितिमा आबद्ध भएका हुन् । उद्घाटन सत्रमा शाखा समाजका सचिव पूर्ण गड्तोला र बन्द सत्रमा समाजका संरक्षक सागर पोखरेलले कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थागत क्रियाकलापहरुमा विशेष सहयोग र योगदान पुर्याएबापत विभिन्न व्यक्तित्वहरुलाई सम्मान कार्यक्रम समेत जोडिएको सो अधिवेशनमा शुभकामना सहित अमूल्य समय प्रदान गरेर आठौं अधिवेशन सफल पार्न उपस्थित जनाउनुहुने विभिन्न संघसंस्थाका आमन्त्रित अतिथिहरु, किम्हे, बुसान, मिर्याङ आसपासका जातीय, क्षेत्रीय, राजनैतिक, शैक्षिक, सामाजिक लगायत संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा मिर्‍याङ्ग नेपाली समाजले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...