Advertisement
SKIP THIS

कलाबाट साहित्यमा हामफाल्दैं बाबु साईला


 

ऐश्वर्य श्रेष्ठ,सोल -एक महिनाको उपचारको क्रममा नेपाल छुट्टीमा गएका युवा चर्चित कलाकार बाबु साईलाले शनिबार मात्र फेरी कोरियामा पाईला टेकीसकेका छन् ।आफनो पानी रंग चित्रकलाबाट कोरियामा चर्चित रहेका यी कलाकार रंग र शब्दसंग उतिकैं खेल्न सिपालु छन् ।

 

जब कामबाट फुर्सद पाउछन् कि त कलामा रमन्छन्,कि त शब्दमा पोखिन थाल्छन् ।उनी भन्छन् ‘कोरियामा काम गर्न गाह्रो छ यही पिडाहरु म आफनो कला र साहित्यमा पस्किने जर्माको गरीरहन्छु । मलाई कला र साहित्यबाट शान्तिको आभास मिल्छ ।’साईला आफनो मनको व्यथा ओकल्छन् ।विदेशिएका नेपाली कामदारहरुको पिडा उतार्न र मानवीय संवेदना कलामा देखाउन सक्ने खुबी भएका कारण विदेशिएका नेपालीहरु माझ उनका पेन्टिंग लोकप्रिय छन् ।

 

चांडैं नैं दक्षिण कोरियाको सुवनमा आर्ट ग्यालरी खोल्ने तयारीमा रहेका बाबु साईला आफनो सांगीतिक एल्बम बजारमा ल्याउने तयारीमा रहेको बताउछन् ।कला बाहेक साहित्यमा गजल र कविता लेख्न विषेश दखल राख्ने साईलाले आफनो शब्दमा गजल,सेलो,फास्ट विटको गीतहरु समेटेर “सम्मिश्रण” एल्बम बजारमा ल्याउदैंछन् ।
एउटा गीतको म्युजिक भिडियो समेत छायांकन नेपालमा सकाएर आएको साईलाले “सम्मिश्रण” एल्बमको शाीर्ष गीत ‘बग्ने आंशु’को म्यजिक भिडियो सम्पादन भैंरहेको सकिन बितिकैं यही महिना भित्र सार्वजनिक गर्ने बताए ।
होस्टेल रिर्टन्सकी नायिका स्वस्तिमा खडका,दक्षिण कोरियामा रहेका जसु याख्खाको यो गीतमा अभिनय रहेको छ । लक्ष्मण पौंड्यालको निर्देशन,अर्जुन तिवारीको छायांकन रहेको छ ।काठमाण्डौंको विभिन्न ठांउमा छायांकन भएको यो अत्यन्त मार्मिक गजलमा आवाज र संगीत राज सिग्देलको रहेको छ ।

 

साहित्यमा समेत जम्दैं गएको बाबु साईलाको वास्तविक नाम भने ‘भीम सुब्बा तामांग’ हो ।रोगजार प्रणाली ईपिएसमार्फत २२ महिना अघि कोरिया आएको कलाकार साईलाले दक्षिण कोरियामा समेत आफना कलाको प्रदर्शनी गरीसकेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र “अञ्जिला” ह्वासङ स्थित फारानमा प्रदर्शन हुँदै
  • अन्ततः कोरियामा गुञ्जिने “भयो पूर्ण राई एन्ड दाजुभाइहरु”
  • कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल
  • एकताको महाधिवेशनले एनआरएनएलाई विकल्प दिन्छ- केपी सिटौला
  • ताजा अपडेट

    ईपिएस

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...