तामाङ घेदुङ जेजुदो शाखाको दोश्रो अधिवेशन अप्रिल १ मा हुने, तयारी पुरा


नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको दोश्रो अधिवेशन आगामी अप्रिल १ तारिख शनिबार हुने भएको छ । अधिवेशन कोरियाको जेजुस्थित केसीटियुको सभाहलमा बेलुकी साँढे सात बजे हुने जानकारी घेदुङ जेजुदो शाखाकी कार्यवाहक अध्यक्ष सुनिता ब्लोनले फोनिज कोरियालाई दिएका हुन् ।

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया केन्द्रको अधिवेशन पनि आगामी मे २१ मा हुँदै छ । शाखाको अधिवेशन केन्द्रको भन्दा अगाडी नै गर्नुपर्ने भएकोले यही मे १ मा गर्न लागेको जनाएको छ । 

अधिवेशनको सम्पुर्ण तयारी पुरा भइसकेको अध्यक्ष ब्लोनले जानकारी दिइन् । “जेजुदोमा रहनुभएका सम्पुर्ण तामाङ दाजुभाइ तथा दिदीबहिनीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्न चाहान्छु ।” उनले भनिन् ।

साथै जेजुदो शाखाको स्थापनाको लागि र त्यसपछि पनि निरन्तर सहयोग र हौसला प्रदान गर्दै आएकोमा कार्यवाहक अध्यक्ष ब्लोनले घेदुङ कोरिया केन्द्र र ख्याङसाङ बुसान् शाखाको वर्तमान अध्यक्ष र उपाध्यक्षहरु लगायत सबैलाई धन्यवाद दिएकी छिन् । “उहाँहरुबाट आगामी दिनहरुमा पनि यस्तै साथ र सहयोग पाइराख्ने अपेक्षा गरेकी छु ।” उनले थपिन् ।  

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाको स्थापना “तामाङ भाषा, धर्म, संस्कार र संस्कृतिको संरक्षण गरौँ, आफ्नो पहिचान र अस्तित्वका लागि एक हौं” भन्ने मूल नाराका साथ सन् २०२१ मा भएको हो । सुरु देखी नै घेदुङले विभिन्न सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाउदै आएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...