याम मगरको कथाः द्वन्द्व पीडित देखि कोरियाको अग्नि नियन्त्रण कार्यालयको सम्मान सम्म


करिब १२ वर्ष अगाडी सुर्खेतबाट स्नातकोत्तरको अध्ययन गर्न काठमाडौं छिरेका याम सरु मगर त्रिभुवन विश्वविद्यालयमा भर्ना भएकै वर्ष कोरियाली भाषा पास गरे । त्यसपछि औपचारिक पढाईका कुरा सकिए । सुरु भयो जिन्दगीको खुल्ला विश्वविद्यालयको पढाई कुरा ।

कोरियाली भाषा पास भए । पैसा कमाउने राम्रो जिन्दगी चलाउने आशा पलायो । लटका लट साथी भाइ कोरिया पुगे । कतिले उनलाई म्यासेज गरे । कतिले कहिले हो फ्लाईट भने । घर गाउँका आफन्तको ताल पनि उस्तैथ्यो । कोरियाली भाषा पास गरेको मान्छे कहिले जान्छस् कोरिया ? जिन्दगीमा सोचे जस्तो रहनेछ । उनले कोरियाको आशा मारेर कतै जानु पर्ला कि भन्ने सोचमा थिए । त्यस्तैमा कोरियाली भाषा पास गरेको समय सकिनै लाग्दा कोरियाको लेबर कन्ट्याक अयो । अनि फ्लाईट सेड्युल । उनी कोरिया आए ।

कम्पनीको काम अग्नि नियन्त्रण सम्बन्धी सामन बनाउने छ । कसरी आगो निभाउने । कसरी इमर्जेन्सीमा काम गर्ने भन्ने पनि सिक्नु पर्ने । उनी कम्पनीमै काम गर्दा गर्दै विज्ञ नै जस्तो भए । उनले कम्पनीमा सिकेका काम रियल जिन्दगीमा भने गर्नु परेको थिएन् ।

 

सम्मानित हुँदाको फोटो

मार्च दुई । दिउसो खान खाएर काममा जान बाहिर निस्कँदै थिएँ । त्यतिकैमा छेउको अर्को कम्पनीमा आगो लागेर जंगलमा छिरिसकेछ । धेरै फैलियो भने आफ्नै कम्पनीमा पनि अइपुग्ने डर थियो । त्यसैले हाम्रो कम्पनीको म सहित ६ जना नेपाली र अन्य कोरियाली मिलेर आगो निभाउनु पर्छ भनेर लाग्यौ । कम्पनीमै भएका सामानलाई प्रयोग गर्यौं । सबै मिलेर कम्पनीबाट आगो निभाउने पाइप बिछ्याउने काम भयो । आगो निभाउने क्रममा पाइप समाएर सबै भन्दा अगाडि म थिएँ । पछाडि बाट सबैले सहयोग गरिरहनु भएकै थियो ।

केही समय पछि अग्नी नियन्त्रण कार्यालयबाट ११९ नम्बरको गाडी आइपुग्दा जंगलको आगो हामीले निभाइ सकेका थियौँ । आगो सुरु भएको कम्पनीमा भने आगोले कम्पनीको एउटा डिपार्ट लगभग जलिसकेछ । अग्नि नियन्त्रण कार्यालयबाट आकाहरूले कम्पनीका आगो निभाए ।

सुर्खेत हुँदै पोचनमा काम गर्ने याम सरु मगरका चर्चा कोरियामा छ । छेउमै रहेको कम्पनीमा लागेको आगो निभाउन महत्वपूर्ण भूमिका निभाएको भन्दै वारुणयन्त्र नियन्त्रक कार्यालय पोछनले सम्मान गरेपछि ऊनी चर्चामा आएको हो ।

यामले प्राप्त गरेकाे सम्मान पत्र

यामले प्राप्त गरेको सम्मान पत्र

 

दक्षिण कोरियाको राजधानी सौलबाट सार्वजनिक यातायातमा करिब २ घण्टा जतिको दूरी पर्छ पोछन । त्यहीँको आगो नियन्त्रणका सामानहरू बनाउने कम्पनीमा काम गर्छन् उनी । १० वर्ष अगाडि आउँदा नेपाली उनी एक्लै थियो कम्पनीमा । उनैको काम मन पराएर अन्य नेपालीलाई पनि राख्न थाल्यो साहुले । काम खोज्न आउने कतिपयलाई आफैले फकाएर पनि राखेको बताउँछन् याम ।

इपिस परिक्षामा ५० वटामा ५० वटा नै मिलाएको उनलाई यहाँ आएपछि भने भाषाले ठूलो धोका दियो । त्यो बेला मोडेल प्रश्नहरूको उत्तरहरू मात्र कण्ठस्थ गरे पुग्थ्यो । त्यसैले अक्षर मात्र चिन्न सके पास गर्न खासै समस्या थिएन । उसले त्यसै गरे र पास गरे ।

कोरिया आएर भाषा नजाने पछि काममा पनि समस्या पर्ने नै भयो । मेसिनहरू चलाउनु पर्ने काम । सेटिङहरू धेरै मिलाउनुपर्ने । कोरियाली सँगै सिक्नु पर्दाको पिडा अहिले पनि सम्झिन्छन् । तेल भनेर सेजे (भाँडा माझ्ने सफर) किनेर ल्याएको र त्यसैमा माछा फ्राई गरेको तीतो अनुभव पनि छ उनीसँग । सुरुमै कम्पनी छाड्न मन नलागेको पनि हैन । तर त्यसमा पनि भाषाकै कारणले प्रकृया बारे थाहा नभएर अरू कम्पनी खोजेर जान नसकेको दुखेसो छ उनको ।

काम गर्दै गएपछि कम्पनीको लागि चाहिने आवश्यक भाषा पनि सिक्दै गए । काम पनि जानियो । अरू नै देशकाहरु धेरै भएको कम्पनीमा विस्तारै नेपाली साथीहरू पनि थपिदैं गए । त्यसपछि त्यही रमाइलो लाग्न थाल्यो । साहुले पनि नेपाली कामदार नै धेरै मन पराए ।

उक्त दिन खान खाएर बाहिर निस्कदा करिब १ बजेको समय थियो । तर काममा नगएर आगो निभाउने तिर लाग्नु पर्याे । खासमा उक्त कम्पनीको मेसिनमा बिजुली सर्ट भएर आगो लागेको रहेछ । एकजालाई ठुलै चोट लागेको र केहीलाई सामान्य घाइते भएको रहेछ । पछि थाहा पाइयो ।

आगो निभाउन आएको गाडि सँगै क्यामरा सहितको पत्रकारको टोली पनि आईपुगेको रहेछ । दमकलले त्यो कम्पनीमा आगो निभाउँदै गर्दा पत्रकारहरू भने अगाडी आगो निभाएका टोलीमा भएका कोरियनहरूसँग कुरा गर्दै थियो । पछि टिभीमा यामकै कम्पनीको फुजाङ्ले बोलेको पनि आएको रहेछ । १० बर्ष भयो कोरिया आएको । र त्यति नै वर्ष भयो यही कम्पनीमा काम गरेको । तै पनि कोरियन भाषा अझै राम्रोसँग नआएको कुरा गर्न धक मान्दैनन् उनी । त्यसैले कोरियनहरु के बोले उसलाई मतलब भएन । साथीहरू सँगै उनी पनि लागे आफ्नै काम तिर ।

काम डे नाइट चल्छ । खान भने आफैले बनाएर खानु पर्छ । काम अली गाह्रो र धेरै खट्नुपर्ने छ । प्रायः शनिवार र आइतवार पनि काम गर्नु पर्छ । त्यसैले न कतै जान पाईने भो न भाषा लगायत अन्य शिपमुलक सिप नै सिक्न पाइयो । कहिलेकाहीँ छुट्टी मिलि हाल्यो भने फुटबल भने खेल्न जान्छन् याम ।

घटना भएको करिब हप्ता १० दिन भएको थियो । घटना भयो सबै मिलेर आगो निभायो । बाँकी रहेको आगो अग्नि नियन्त्रण कार्यालयबाट आएकाहरुले निभाए । सकियो । काममै व्यस्त हुने यामलाई त्यो कुरा खासै ठूलो लागेको पनि थिएन ।

 

सम्मान पछिको सामूहिक तस्बिर

सम्मान थाप्ने दिन (१३ मार्च) बिहानै कम्पनीको फुजाङले आज अलि सफा लुगा लगाएर आउनु भन्दैथ्यो । ठिकैको कपडा लगाएर गएँ । आगो नियन्त्रण कार्यालयबाट ५/६ जना कोरियनहरू आएका रहेछन् । सबैको अगाडी राखेर उनीहरूले यामलाई एउटा प्रमाण पत्र थमाए । कोरियनहरूले धन्यवाद सहित थप के के भन्दै थिए । उनले सबै बुझेनन् । खासमा आफूले ठूलै काम गरेको त लाग्दैन । सबै मिलेरै गरेको हो । आफूले मानवीय हिसाबले जे गर्न सकिन्थ्यो वा गर्नु पर्थ्याे त्यो गरेको हुँ भन्छन् याम । जे भए पनि सम्मानित हुन पाएकोमा खुसी छन् ।

उनी भन्दा पनि धेरै खुसी भएको रहेछ यामको साजाङ(साहू) । कम्पनीमा लामो समय काम गरेको । सबै काम जनैकै छ । मुख्य काम पनि उसैको जिम्मामा छ । २ कार्यकाल अर्थात् करिब १० बर्ष(९बर्ष ८ महिना) पछि कानुनी रूपमा अदक्ष कामदार(E-9) भिषामा कोरिया बस्न पाइँदैन । तर साहू उनलाई जसरी भएपनि राख्न चाहन्छन् । त्यही अनुसार प्रकृयाहरु पनि अगाडी बढाएको रहेछ । सम्मान पत्र पाएपछि भिषा परिवर्तन गर्न केही भएपनि सहयोग पुग्ने भएर खुसी भएका रहेछन् साजाङ । हामी कोरियामा भएका सबैलाई थाहा भएकै कुरा हो । कोरियामा सबैभन्दा प्यारो भनेकै काम हो । काम जसले गर्छ उसैलाई मन पराउँछन् । कसैले त छुट्टी पठाउन पनि चाहँदैनन् । दियो भने पनि थोरै समयका लागि दिन्छन् ।

याम आफैलाई भने कोरियामा धेरै बस्ने रहर छैन । किन भने घरमा ७८ वर्ष कटेका बुढा र बुढी आमा छिन् । बुढेसकालको सहारा चाहिन्छ भन्दै ५ छोरीहरू पछाडि रहरले पाएको यो छोराले कुरा बुझेनन् भन्ने बुबा आमाको मनमा नपरोस् भन्ने चाहन्छन् । तर पनि साजाङले कर गरेपछि उनी आफैले सबै मिलाइदिन्छ भनेपछि नाइँ भन्न सकेन । त्यसै त आफ्नै भिषामा बस्नेहरु पनि धेरै छन् कोरियामा । भलै यसमा सबैको आ–आफ्नै विवशता र कारणहरू होलान् ।

उसका पनि धेरै सपना छन् । कोरिया आएपछि केही पुरा भए केही बाँकी छन् । वि.सं.२०५८ साल तिर द्वन्द्व बाट पिल्सिएर पुर्ख्यौली थाथलो गडी गाउँलाई छाडे पछि आफ्ना परिवारको दुःखका दिन सुरु भएको सम्झना ताजै छ मनमा । सुर्खेत वीरेन्द्रनगर चिसापानी झरेपछि दुःखजीले गरेर एस.एल.सी सम्म पढाई दिए बुवा आमाले । त्यसपछि काम गर्दै क्याम्पस पढ्दै बुढेसकाल लागि सकेका बुवा आमालाई भरथेग गर्दै आए ।

भिषा परिवर्तन भइहल्यो भने बाआमा र श्रीमतीलाई एकचोटी कोरिया घुमाउने ठूलो धोको छ । बस् त्यति गरे पछि नेपाल फर्किने अनि आफ्नै गाउँ ठाउँमा केही गरेर बाआमाको बुढेसकालको सहारा बन्न चाहन्छन् याम ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • अर्जुन सेन्दाङको नेतृत्वमा ताप्लेजुङ सम्पर्क समिति कोरियाको अधिवेशन सम्पन्न
  • थारु कल्याणकारिणी सभा कोरियाको अधिवेशन सम्पन्न, नेतृत्वमा अ्मर थारु
  • पासाङ शेर्पाको अध्यक्षतामा संखुवासभा सम्पर्क परिवार कोरियाको नयाँ समिति गठन
  • उदयपुर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा उमेश कुमार राई
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...