केसीटियू र एमटियूको धर्ना
![](https://www.fonijkorea.net/wp-content/uploads/2023/03/334137438_726044755666340_6401442949875080443_n-600x450.jpg)
प्रवासी मजदुर युनियन (एमटियू) तथा कोरियाली मजदुर युनियन महासंघ (केसीटियु)ले कोरियामा रहेका मजदुरहरुको अधिकारको माग राख्दै धर्ना दिएको छ । शनिबार सउलको रोजगार र श्रम कार्यलय अघि मजदुर नेताहरुले धर्ना दिएका थिए ।
कोरियाका सबै विदेशी र कोरियाली मजदुरको समान अधिकारको माग राख्दै धर्ना बसेका हुन् । यहाँका मजदुरहरुलाई बस्नको लागि राम्रो व्यस्था गर्न मजदुर युनियनहरुले लामो समय दखि माग गर्दै आएका छन् । सरकारले कामदारलाई राम्रो ठाउँमा राख्न पर्ने भने पनि रोजगारदाताहरुले अझै पनि कामदारलाई फिनेल हाउस, कन्टेनर जस्ता ठाउँमा राख्दै आएका छन् ।