आफुलाई न्याय गर्न सिकौ


आत्महत्या कि मृत्युदण्ड ?

सायद मैले एक्कासी अनौठो विषयलाई उठाएको हुनसक्छु। अथवा यो शब्दको बारेमा सोच्नु अथवा लेख्नु अपरिपक्क पनि हुन सक्छु। तर मेरो दिमागमा हिजो देखि येही चलि रहेको छ कि, कसैले आफैलाई कसरि मार्न सक्छ? तेसैले यस बारेको केहि लेख्दै छु। सबै भन्दा पहिले मृत्युको बारेमा सुरु गरौ है त मेरो धारणा र भोगाइहरु।
मैले मृत्युका बारेमा सोच्न बाध्य भएको मेरो मुमा(हजुरआमा)को निधन पछाडी हो। जब मैले उहाँको निधन भएको कुरा सुन्ने मलाई केही पनि भएन, किनकि उहाको उमेर निकै थियो र लामो समय देखि खोकी लगाएत सानो सानो रोगले सताई रहेको थियो। अनि एक मनले त्यो दुखबाट शान्ति मिल्यो होलाकी जस्तो लग्यो मलाई । मलाई चिन्ता थियो, उहाँलाई जाने बेला कती पीडा भयो होला भनेर। तर मैले सुने अनुसार उहाँलाई धेरै पीडा भएन। यस कुरामा म भगवान प्रति आभारी थिएँ।
जब-जब समय बित्तै गयो तब मलाई अनुभव हुन थाल्यो कि, साँच्चिकै मृत्यु भनेको के हुँदोरहेछ। मेरो लागि त आजभोलीको चलनचल्तीको शब्द “ढिलो आयो तर कडा आयो” भने जस्तै नै भयो।
म धेरै पटक मुमालाई सपनामा देखेर रुदै ब्युँझिएको र मुमालाई आफुले अब कहिले नभेटिने एथार्थलाई सम्झी रोएको पल(रात)हरु पनि धेरै छन्।
किनकि, मैले मुमाबाट मान्छेको स्पर्श कस्तो हुन्छ भनेर पहिलो पटक अनुभव गरेको छु। मान्छेको शरीरको तापक्रम , न्यानोपन महसुश गरेको छु। तर अब तेही तापक्रम रहेन, तेही स्पर्श यादमा मात्र सिमित भयो। त्यो स्पर्श अनि गाउको घरमा मुमा-नातिनीले बिताएको पल कुनै दिन फेरी लेखुला। यो त भयो मेरो आफ्नो मान्छे गुमाएको मृत्यु।
मसँग अरु पनि धेरै मृत्युबारे एपिसोडहरु छन्। एकवर्ष प्रहरी इलाकामा काम गर्दा मैले लगभग दशभन्दा बढी लाशहरु नजिक बाट देखेको छु । आत्महत्या गर्ने प्रयासहरु पनि भएको 20/30 भन्दा बढी देखेको छु। ट्रेनिङ अवधिमा एकदमै निर्ममतापूर्वक मरेको लासको रियल भिडियो पनि हेरियो। आफ्नै स्टेसनको सहकर्मीले आफैँले बोकेको पेस्तोलले आत्महत्या गरेको घटना लगाएत सहकर्मीहरुको आत्महत्या बारे पनि बेला बेला खबर सुनिन्छ।
कामको समयमा त जब घटनास्थलमा गइन्थ्यो, त्यहाँ आफूले गर्नुपर्ने कामहरु केही छुट्ला कि, अथवा केही महत्वपूर्ण कुराहरु गर्न छुट्याएल कि भन्ने मात्र पिर हुने।
तर जब जब समय बित्दै जान्छ, त्यो समयमा देखिएको कुराहरू आँखामा झलझली आउने। अनि कहिलेकाहीँ गहिरो सोचमा पार्ने रहेछ। मैले यदाकता सुनेको प्रहरीचौकीमा वा मान्छेको मृत्युसम्बन्धी अनुसन्धान गर्ने विभागमा लामो समयसम्म काम गरेमा कसैकसैलाई नराम्रोसँग डिप्रेसन हुन सक्छ। तेही कारण होला प्रहरीलाई अनिवार्य हरेक बर्ष मनो चिकित्सक भेट्नु पर्ने नियम छ।
इलाका प्रहरी भनेको त्यो हो जसलाई आपतकालिन अवस्था हुन्छ अथवा कोही पिडामा हुन्छ, त्यो बेलामा प्राथमिक भूमिका निभाउन पर्ने हुन्छ। हुनतः प्रहरीको भुमिकाहरु धेरै हुन्छन्। तर आपतकालीन अवस्थामा प्राथमिक भूमिका गर्दैजादा सबैजना दुःखमा परेको मात्र देखिने, झगडा परेको मात्र देखिने रहेछ।
जहिले पनि अरूको दुःख र अपराधहरू मात्र हेरी रहनु पर्नेले आफुलाई नै विभिन्न तरिका अपनाई हिलिङ(healing) गर्न सकेन भने, डिप्रेसन हुने सम्भावना एकदमै बढीहुने रहेछ ।
फोहोर हटाएर सफा बनाउने क्रममा आफै फोहोरी पो हुने होकी निकै सगज  हुनुपर्ने रैछ। मेरो आफ्नै भोगेको कुरा गर्दा, अरु भन्दा पनि आत्महत्या भएको अथवा आत्महत्या प्रयस गरिएको मान्छे अनि ठाउँले निकै नराम्रो  असर पुर्याउने रैछ।
अब कुरा गरौ मेरो आफुलाई हिलिङ्ग गर्ने तरिकाको । हामीले अरुको भन्दा बदी आफ्नो मनको कुरा एकदमै सुन्नु पर्द्छ। विशेषगरि आफुलाई के मन पर्क्ष त्यो गर्न जरुरि छ। यो पक्का छ कि आफुले आफैलाई माया, कदर, बिस्वाश गर्न सकिन्न भने आरुलाई यो दिन पनि, अनि अरु बाट यो लिन पनि लगभग असम्भब छ।
जब आफुले आफैलाई माया गर्न सकिन्छ तब अरुलाई कसरि माया गर्ने ज्ञान हुन्छ, सोच्नुस न, जब आफै मायाको भोको हुनुहुन्छ भने, त्यो माया कसरि अरुलाई दिन सक्नुहुन्छ? जब आफ्नो भोक मेटिन्छ तब बाड्न सकिन्छ,  हैन र ?
आफुले आफैलाई माया गर्न थाले पछि एउटा आत्माबल आउछ “आफ्नो लागि कोहि नभए पनि म आफै छु ” भन्ने हुन्छ। धेरैले भोग्नु भएको होला कि , अरुको समस्या आफुले समधान गरिदिए पनि जब आफुलाई केहि पर्छ कतै कोहि बाट सहयोग मिल्दैन।  येही उदारहण हो कि , आफ्नो साचो हरपलको साहारा आफु एक मात्र हो। अनि तेही आफुलाई ख्याल नगर्ने त ? तेही आफुलाई मार्न खोज्ने ? आफुले आफुलाई नै आन्याय गरेको भएन र ?
अरुले त जे पनि भन्छन नि, आफ्नो मनले के भन्छ त्यो सुन्न जरुरि छ।  आफुलाई माया गर्न सिकौ। आफुलाई मृत्युदण्ड हैन न्याय दिन सिकौ।
लेखक :- सम्झना राई, दक्षिण कोरिया
(कोरियामा पहिलो नेपाली महिला प्रहरी )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • नेपाल बौद्ध परिवार  कोरियाको अध्यक्षमा कुसङ शेर्पा
  • नेपाल गोरखा परिवार कोरियाको अध्यक्षमा दिपक श्रेष्ठ
  • नुवाकोट समाज कोरियाको अधिवेशन अक्टोवार १५ मा हुने
  • घेदुङ कोरियाले ‘गोतोजि छोर्तोजि’ शृङ्खला गर्दै, पहिलो शृङ्खला संस्कार सम्बन्धी
  • ईपिएस

    कोरियन विशेष भाषा परीक्षा CBT को नतिजा प्रकाशन, आफ्नो स्कोर कसरी हेर्ने ?

    कोरियन विशेष भाषा परीक्षा ( Special EPS TOPIK, 2023 (CBT) तर्फको भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । बुधवार (सेप्टेम्बर १३) प्रकाशित नतिजा अनुसार २७ सय ३९ जाना उतिर्ण भएका छन् । HRD Service of Korea वाट मिति २०८० भाद्र १८ गते देखी २०८० भाद्र २२ गते सम्म परिक्षा संचालन भएको थियो । इपिएस ...

    भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउँछन् : एचआरडी कोरिया

    दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) को भाषा परीक्षा रोकिए नेपालीले अवसर गुमाउने चेतावनी दिएको छ । कोरियाबाट फर्केर परीक्षामा उत्तीर्ण भएका ‘रिटर्नी’ हरूले आफूहरूलाई छनोट नगरे भाषा परीक्षा हुन नदिने धम्की दिएपछि कोरिया सरकारले यस्तो चेतावनी दिएको ...

    आगामी बर्षका लागि कोरियामा बढ्यो तलब, अझै पुगेन प्रति घण्टा १० हजार वन

    दक्षिण कोरियामा अर्को बर्ष अर्थात् सन् २०२४ का लागि न्युनतम ज्याला बढेको छ । यो बर्षको न्युनतम ज्याला ९६२० वन मा २४० वन अर्थात २.५ प्रतिशत प्रति घण्टा थप भएर ९८६० वोन हुने भएको हो । ज्याला निर्धारण समितिको हिजो बसेको बैठकले मतदान मार्फत ज्याला निर्धारण गरेको हो ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...