कृषि तर्फको कोरियन भाषा परिक्षाको नतिजा सार्वजनिक, सीप परीक्षण फागुन ०८ देखी १० सम्म
कृषि र पशुपालन क्षेत्र तर्फको कोरियाली भाषा परीक्षा (EPS-TOPIK-2023, UBT) नतिजा प्रकाशन भएक छ ।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरियाको श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारी पत्र अनुसार कोरियाको मानव संसाधन विकास सेवाले जनवरी २०७९ मा उम्मेदवार छनोट गरेको हो ।
रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत नेपाली कामदारलाई कोरियाले लैजाँदै आएको छ ।
कोरियन भाषा (EPS-TOPIK-2023, UBT) को कृषि र पशुपालन क्षेत्रको फेब्रुअरी 18, 2023 देखि मार्च 17, 2023 सम्मको परीक्षामा सहभागी हुने 10,398 परीक्षार्थीहरूमध्ये 3453 ले भाषा उत्तिर्न भएको छ ।
कोरियाको मानव संसाधन विकास सेवाबाट प्राप्त जानकारी र भाषा परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरूको सीप परीक्षण फागुन ०८, २०७१ देखि फागुन १०, २०७९ सम्म (तस अनुसार २०२३ फेब्रुअरी २०२३ देखि २२ फेब्रुअरी, २०२३ सम्म) UBT भवन भैसेपाटीमा हुने जनाएको छ ।
सिप विकास तालिममा सहभागिताको लागि –
1. सीप परीक्षणमा भाग लिन आउँदा, तपाईंले आफ्नो राहदानी र प्रवेश पत्र साथमा ल्याउनु पर्छ।
२. बायोमेट्रिकका लागि सीप परीक्षणको लागि तोकिएको समयभन्दा एक घण्टा अगाडि उपस्थित हुनुपर्नेछ।
3. तोकिएको समय तालिकामा अनुपस्थित हुने उम्मेदवारहरूको लागि वैकल्पिक व्यवस्था गरिने छैन।
4. कौशल परीक्षण पछि, अन्तिम नतिजा प्रकाशित गरिनेछ र एकै समयमा मेडिकल टेस्ट चेकअप) र जागिर आवेदन फारम (रोजगार आवेदन फारम) प्रकाशित गरिनेछ।
यो नतिजा वैदेशिक रोजगार विभागको वेबसाइट https://dofe.gov.np/ मा पनि प्रकाशित गरिएको छ ।
नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस