ताप्लेजुङ सम्पर्क समितिले सलनालमा कञ्चनजंघा सांगीतिक धमाका गर्ने


ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाले सलनालको दोस्रो दिन ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमाका २०२३ गर्ने भएको छ । जिल्लाको शिक्षा र स्वास्थ्यको सहयोगार्थ गर्न लागेको कार्यक्रममा
नेपालका चर्चित गायक प्रमोद खरेल, खगेन्द्र याक्सो गायिका एलिना चौहान, अभिनेत्री डान्सर रियासा दाहाल चर्चित हाँस्यव्यंग्य कलाकार भरतमणि पौडेलले प्रस्तुति दिने छन् ।
ताप्लेजुङ सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष सागर माङमू लिम्बूले ताप्लेजुङ जिल्ला क्षेत्रको ठाउँहरु एकदमै विकट भएको र त्यस्तो ठाउँमा सरकारले गरेको सहयोग पनि कम भएको बताएका छन् । ‘हामीले एउटा सानो सहयोगको लागि यो कार्यक्रम गरेका हौ। यसमा कोरियामा रहनु हुने सबै साथीले सहयोग गर्नु हुन्छ भन्ने विश्वास लिएका छौं ।’ उनले भने ।

कार्यक्रम संयोजक मिरक लिम्बूले पनि कार्यक्रमलाई सहयोग गर्न आग्रह गरे । ‘सबै क्षेत्रका कलाकारलाई ल्याउने जमर्को गरेका छौं । कोरियामा रहेका नेपालीलाई रमाइलो हुने आशा लिएका छौं ।’ उने भने ।
पूर्वाञ्चल सरोकार समाजका अध्यक्ष अमृत राईले कोरोना समय पछिको कार्यक्रम भएकोले सबैलाई रमाइलो बनाउने बताए । ‘यो सबैको लागि कार्यक्रम हो । अनि सामाजिक सेवा पनि हुने भएकोले सबैलाई कार्यक्रममा सहभागी हुन आग्रह गर्दछौं ।’

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सेवा समाज कोरियाको अधिवेशन सम्पन्न, अध्यक्षमा रमेश लावती
  • सिन्धुपाल्चोक समाजको पाँचौँ अधिवेशन सम्पन्न, अध्यक्षमा राज लोप्चन
  • कोरियामा सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ भव्यताका साथ सम्पन्न
  • “खाजी होई ल्होछार” गीत सार्वजानिक
  • ताजा अपडेट

    ईपिएस

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    नेपालको गाउ विकासमा कोरियन कम्पनीको चासो

    कोरियाको शोजेएम प्रालि कम्पनीले नेपालका विभिन्न गाउं पालिकाका अध्यक्षहरुसंग भगिनी सम्बन्ध कायम गर्दे गाउं विकासको कार्यमा सहकार्य गर्ने भएको छ । आज काठमाण्डौको धुम्बाराही स्थित आकामा होटलमा भेटघाट कार्यक्रम गर्दे शोजेएम कम्पनी कोरिया र पांचथर जिल्ला ...

    सन् २०२४ का लागि प्रवासी श्रमिकको कोटा निर्धारण, 16 देश बाट १ लाख ६५ हजार

    दक्षिण कोरियाले सन् २०२४ का लागि रोजगार अनुमति प्रणाली (ईपिएस) मार्फत १ लाख ६५ हजार कामदार कोरिया ल्याउने भएको छ । मंगलबार बसेको प्रवासी मजदुर नीति निर्धारण समितिको बैठकले सो निर्णय गरेको हो ।   कोरियामा भएको मजदुर अभाबलाई कम गर्नका लागि अहिलेसम्मकै बढि विदेशी ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...