सुन अझ सस्तियो, प्रतितोला रु. ४७ हजार २ सय
अन्तरराष्ट्रिय बजारमा नै लगातार ओरालो लागेको सुनको भाउ नेपाली बजारमा बुधबारसम्म आईपुग्दा ४ वर्षयताकै सस्तो भएर प्रतितोला छापावाल सुन रु. ४८ हजारमा झरेको थियो।
बुधबार र शुक्रबार प्रतितोला ४८ हजारमै रहेको सुन शुक्रबार ८ सयले घटेर प्रतितोला ४७ हजार २ सयमा आएको हो।
शुक्रबार तेजावी सुन ४६ हजार ९ सय ५० र चाँदी प्रतितोला ५ रुपैयाँले सस्तीय प्रतितोला ६ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ। नागरिकन्यूजबाट