Advertisement
SKIP THIS

स्व.गुरुङको श्रदान्जली सभा सम्पन्न


जीबी लामा

सोल-गत जुलाई १२ तारिकमा स्वास-प्रश्वास समस्या भै हृदयघातको कारण अस्पतालमा मृत्यु भएका कास्की लेखनाथका ३५ बर्षीय स्व. भबेस्वर गुरुङप्रति हार्दिक श्रदान्जली ब्यक्त गर्दै शोकसभा सम्पन्न भएको छ l

 

कास्की परिवार र तमु धी द. कोरियाले संयुक्त रुपमा आयोजन गरेको उक्त शोक सभामा श्रदान्जली व्यक्त गर्दै श्रम सहचारी अनिल गुरुङले कोरियामा बढ्दै गएको मृत्युको घटनाले चिन्तित भएको र यस्ता घटना कम गर्नको लागि हामी आफै सतर्कता अपनाउनु पर्ने र कम्तीमा बर्षको १ पटक स्वास्थ्य परिक्षण गर्नुपर्ने बताए l यसै गरी जनजाती महासंघ कोरियाका अध्यक्ष भक्त शेरचनले उच्च रक्तचाप र कोलस्टोरोल नियन्त्रण गर्न सकेमा हृदयघातबाट बच्न सकिने बताए l

 

एनसीसीका अध्यक्ष प्रेम शाहले आफु सुत्ने कोठा सफा र हावा आवत-जावत गर्न मिल्ने गरी खुल्ला राखन आग्रह गरे भने तमुधिका अध्यक्ष सुरुज गुरुङले कोरियामा नेपाली संख्या बढे संगै मृत्युदर बढेकोले नेपाल शब पठाउनको लागी निक्कै खर्च लाग्ने भएकोले यसलाई ब्यबस्थित गर्न सम्पूर्ण संघ संस्थाहरुलाई आग्रह गरे l

 

६ बर्ष अघि रोजगारीको शिलशिलामा ईपीएस मार्फत द.कोरिया आईपुगेका उनि अबैधानिक बसी कामगर्दै आईरहेका थिए l उनको श्रीमती १ छोरा र १ छोरी रहेको जनाईएको छ l

 

सहभागी सम्पुर्णले स्व. गुरुङको फोटोमा माल्यार्पण गरी अगरबत्ती बाली आत्मको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनि कामना गरेका थिए l गत केहि साता यता मात्रै कोरियामा औधोगिक दुर्घटना र मोटरसाईकल दुर्घटनामा परी ४ जनाले ज्यान गुमाईसकेका छन् |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...