Advertisement
SKIP THIS

कोरियामा बिषाक्त ग्यांसको कारणले एक नेपालीको मृत्यु


दक्षिण कोरियाको राजधानी सिओल देखि अन्दाजी २ सय किमीको दुरीमा रहेको छुङनाम सिटिको छङयाङ गाउंको पिबोङम्यन भन्ने स्थानमा रहेको एक बुंगर र्फाममा कार्यरत एक नेपाली र एक कोरियन नागरिकको मृत्यु भएको कोरियाली समाचारपत्रहरुले जनाएको छ ।

समाचार पत्रका अनुसार गत १७ तारिख रातको अन्दाजी १ बजेर १० मिनटमा र्फाममा बंगुरको दिशा जम्मा गर्ने टंयांकीको पाईप जाम भई बिग्रिए पछि सो टंयांकीको जाम भएको पाईप मर्मत गर्न भनी निस्कीएको दुई कामदार लामो समय काटी सक्दा पनि फर्केर नआएर पछि र्फामको साहुले खोज्दै जांदा टंयांकीको पाईप मर्मत गरि रहेकै स्थलमा दुई कामदार मृत अवस्था फेला पारी प्रहरीलाई जानकारी गराएको बताएको छ ।

प्रहरीका अनुसार बंगुरको दिशाबाट निस्कने बिषाक्त ग्यांसको कारण मृत भएको हुन सक्ने भएता पनि मृत्युको कारण पोस्र्टमार्डम पछि मात्र विस्तृत रुपमा पुष्टि हुने जनाएको छ । मृतक नेपाली सो कम्पनीमा विगत ८ बर्ष अघि देखि काम गर्दे आएको थाहा भएको छ ।

मृतक नेपाली नेपालको लमजुङ जिल्ला, बिम्ला घर भई अन्दाजी ५४ बर्षिय ईन्द्र गुरुङ रहेको लमजुङ परिवार दक्षिण कोरियाका पदाधिकारी मेघ प्रसाद वाईवाले जानकारी दिनु भएको छ । परिवारका पदाधिकारी वाईवाका अनुसार मृतक गुरुङ लामो समय देखि कोरियालाई कर्मथलो बनाई लमजुङ परिवारको संस्थापक सदस्य, केन्द्रिय सल्लाहकार रहि सामाजिक कार्यमा सदैव अग्रसर रहनु हुने अग्रज व्यक्तित्वको असामयिक निधनले स्तब्ध तुल्याएको बताए ।

प्रवासी मजदुर युनियनका अध्यक्ष उदय राई भन्नु हुन्छ विगतका दिनहरुमा पनि बंगुरको र्फाममा काम गर्ने २ जना नेपाली यस्तै दुरघटनाबाट मृत्यु भई सकेको छ । यस सम्बन्धमा कोरियाली श्रम मन्त्रालयले मापदण्ड पनि बनाएको छ । तर र्फाम संचालकहरुले श्रम मन्त्रालयको मापदण्डको उल्लंघन गर्दे होचुवाको भरमा विदेशी कामदारहरुलाई काममा लगाउने हुनाले यस्ता दुरघटना हुने गर्दछ भन्दै मृतक गुरुङले उचित क्षतिपूर्ती पाउनु पर्ने बताए ।

कोरियाली श्रम मन्त्रालयको मापदण्ड अनुसार कुनै पनि टंयाकी भित्र पसी काम गर्नु परेमा टंयाकीमा बिषाक्त ग्यांसको मात्रा कति पीपी छ नाप्ने, अन्र्तराष्ट्रिय मापदण्ड अनुसारको सुरक्षित पोशाक लगाउने, बत्ति लाईटको व्यवस्था हुनु पर्ने, टंयाकी बाहिर आपतकालिन अवस्थामा सहयोग गर्ने व्यक्ति अनिवार्य राख्नु पर्ने आदी रहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • गम्भिर रोगसँग संघर्षरत विरामी डिस्चार्जका लागि सहयोग अपिल
  • गम्भिर रोगसँग संघर्षरत विरामीलाई सहयोगको अपिल
  • पोखरा युनाइटेड बन्यो NRNA कपको च्याम्पियन
  • खोटाङ हलेसी सांगितिक सौगातको आयव्यय सार्वजनिक
  • ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...