खोटाङ सेवा समाज दक्षिण कोरियाको अधिवेशन सम्पन्न अध्यक्षमा नवनवीन राई

नेपालको पूर्वी जिल्ला खोटाङबाट रोजगारीको सिलसिलामा कोरिया आई विभिन्न पेशामा आबद्ध रहेका खोटाङ जिल्लाबासीहरुको साझा चौतारीको रुपमा स्थापित खोटाङ सेवा समाज दक्षिण कोरियाको १९ औ महाअधिवेशन सम्पन्न भएको छ । कोरियाको महानचाड छुसकको अवसरमा गत सेक्टेम्बर ९ तारिख सिओलको तोङदेमुन स्थित रहेको निक ट्राभलको सभाहलमा भएको उक्त महाअधिवेशनबाट नवनविन राईको अध्यक्षता १३ सदस्यीय नया कार्यसमिति चयन गरिएको छ ।
समाजको बरिस्ठ उपाध्यक्षमा सुष्मा रानाहँमा, उपाध्यक्षद्धयमा दिनेश शाक्य र सुरेन्द्र बुढाथोकी, महासचिवमा बलराम राई, सचिबमा प्रदीप राई, कोषाध्यक्षमा जुनल राई र सदस्यहरुमा क्रमश विनिता आले, तिर्थराज राई,जनम राई, निशान राई , पवन थुलुङ राई, न्यूहाङ चाम्स राईलाई मनोनित गरेको छ ।