Advertisement
SKIP THIS

किम्हेमा सम्पन्न ख्यङ्साङ्नाम्दो कप प्रतियोगिताको उपाधीमा तमू धीं थेगु एफसीको वर्चस्व


कोरियाको दक्षिणी भेगमा रहेको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले आयोजना गरेको ख्यङ्साङ्नाम्दो फूटसल कप प्रतियोगितामा तमू धीं थेगु एफसीले प्रथम स्थान हासिल गरेको छ । किम्हे सहरमा सम्पन्न उक्त प्रतियोगिताको फाईनलमा सुवन एफसी विरुद्ध २-१ गोलको अग्रता लिदै निर्धारित समयमा सकिएको खेलमा तमू धीं थेगु शाखाले नगद तीस लाख कोरियन वोन सहित आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्दै विजेता बनेको हो ।

सो प्रतियोगितामा दोश्रो स्थान हासिल गर्न सफल सुवन एफसीले पन्ध्र लाख कोरियन वोन सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्यो भने दुई सेमिफाईनलिष्ट टिमहरु तमू धीं ख्यङ्साङ्नाम्दो बुसान एफसी र मोक्पो एफसीले जनही पाँच/पाँच लाख कोरियन वोन सहित प्रमाण पत्रमा चित्त बुझायो । अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीमा सुवन एफसीका सुजल केसी, उत्कृष्ट गोलकिपर तमू धीं थेगु एफसीका मिलन पुन, सर्वाधिक गोलकर्ता तमू धीं थेगु एफसीकै रमेश गुरुङ, अनुशाषित टीम सङ्जु एफसी घोषित हुँदै जनही एक/एक लाख कोरियन वोन सहित ट्रफी, मेडल प्रमाण पत्रले पुरस्कृत भए भने मोक्पो एफसीका बिक्रम गुरुङ उत्कृष्ट म्यानेजरको रुपमा मेडल र प्रमाण पत्रले सम्मानित भए ।

खेलको मनोरञ्जनसँगै कोरियामा रहेका नेपालीहरु विचको आत्मियता, भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्ने उद्धेश्यले किम्हे सहरको खेलमैदानमा सम्पन्न उक्त प्रतियोगितामा जम्मा २९ टिमको सहभागिता रहेको थियो । बाक्लो फूटबलप्रेमी दर्शकहरुका विच सम्पन्न प्रतियोगिताको पुरस्कार वितरण कार्यक्रममा तमू धीं दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष लेसन गुरुङ प्रमुख अतिथिको रुपमा उपस्थित थिए । प्रतियोगिता सफल पार्न आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णमा आयोजक संस्थाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...