राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनी तयारी अन्तिम चरणमा


धन गुरुङ्

सोल कोरिया
दक्षिण कोरियाको राजधानी दोङ्देमुन, नेपाली शहरमा हुन लागेको युवा चित्रकार एलबिक्रम राईको ‘थ्री ईन वान’ एकल चित्रकला प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ ।

अगामी २६ तारिकमा दोङ्देमुनको शुमेच्छा रेष्टुरेण्टमा औपचारिक उद्घाटन हुने एकल चित्रकला प्रदर्शनीको लगभग सबै तयारी पुरा भएको चित्रकार राईले जानकारी दिए ।

उनको अनुसार चित्रकला प्रदर्शनीको उद्घाटन सत्रका लागि सबै अतिथिहरुलाई निमन्त्रणा पर्ठाइ सकिएको छ । त्यस्तै पोस्टर, ब्यानर तथा अन्य प्रचार प्रसारको काम पनि सकिएको छ । प्रदर्शनीमा राखिने चित्रहरु समेत तयार र्भइसकेको छ ।

एकल प्रयासमा तयार पारिएका चित्रकलाहरु शुभेच्छा रेष्टुरेण्टको संयोजनमा एक महिनासम्म प्रदर्शनमा राखिनेछ  ।

प्रदर्शनीमा वाटर कलर र एक्रोलिक कलरको मिश्रणबाट पेन्ट गरेका करिब ६० वटा चित्रकलाहरु प्रदर्शनीमा राखिने तयारी भएको बताईएको छ ।

प्रदर्शन गरिने चित्रकलाले नेपालको चिनारीहरु विश्व शान्तिको अग्रदुत गौतम बुद्ध जन्मिएको देश नेपाल, विश्वकै सबै भन्दा अग्लो हिमाल सगरमाथाको देश नेपाल र विश्वमै जातीय, धार्मिक, सांस्कृतिक, भाषिक बिविधता भएको देश नेपाल भन्ने सन्देश दिने भएकाले प्रदशनीको नाम ‘थ्री ईन वान’ राखिएको राईले बताए ।

उदयपुर, कतारी–५ स्थाई घर भएका राई करिब २ वर्ष अगाडी कृषि क्षेत्रको कामदारको रुपमा कोरिया आएका हुन् । राई कोरियाको याङ्जुसीमा अण्ड उत्पादन गर्ने कम्पनीमा कर्यरत छन् ।

राईले कम्पनीको कामको बाब्जुत खाली समय निकालेर विभिन्न चित्रकलाहरु पेन्ट गर्ने गरेका छन् ।

राईले नेपालमै रहँदा समेत करिब दर्जन बढि प्रदर्शनीमा आफ्नो चित्रकला प्रदर्शन गरिसकेका छन् । उनले नेपाल हुँदा आर्ट टिचरको रुपमा समेत गरेको बताईन्छ ।

यस पटक कोरियामा गर्न लागिएको एकल चित्रकला प्रदर्शनी भने चित्रकार राईको पहिलो ‘एकल चित्रकला’ प्रदर्शनी हो ।

राईले सबै कोरियामा रहेका नेपाली दाजुभाई दिदि बहिनीहरुलाई चित्रकला प्रदर्शनी अवलोकन गरी सल्लाह, सुझाव र हौसला दिनुहुन समेत अनुरोध गरेको छ ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकका लागि NCC ले कार्यक्रम बॅाडफाड तथा अन्तर्क्रिया कार्यक्रम गर्ने
  • एकै साता दुई नेपालीको मृत्यु, शव नेपाल पठाउन पैसा उठाउनु नपर्ने
  • कोरियाली बहुसांस्कृतिक बौद्धधर्म संघको प्रथम अन्तर्राष्ट्रिय बुद्धिष्ट सांस्कृतिक महोत्सब ११ जुनमा हुने
  • एनसीसीको १८ औं अधिवेशन सम्पन्न अध्यक्षमा हरि खनाल
  • ताजा अपडेट

    ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...