Advertisement
SKIP THIS

शेर्पा संघको ल्होसार शुभकामना आदानप्रदान तथा विश्वव्यापी अनलाईन नृत्यको नतिजा सार्वजनिक


शेर्पा संघ दक्षिण कोरियाले तग ल्हो २१४९औ ग्याल्बो ल्होसारको अवसरमा शुभकामना आदनप्रदान तथा विश्वब्यापी अनलाइन शेर्पा साँस्कृतिक एकल नृत्य प्रतियोगिताको नतिजा सार्बजनिक भएको छ ।
आइतबार भएको कार्यक्रमम कोरियामा रहेका विभिन्न संघसस्थाले ल्होसारको शुभकामना दिएका थिए । विश्व शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा प्रमुख अतिथ्यमा सम्पन्न जुम मार्फत भएकाे कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया कार्यवाहक अध्यक्ष बिशन राई, एनआरएनए दक्षिण कोरियाका अध्यक्ष दिपक पुन, नेपाल सम्पर्क समितिका उपाध्यक्ष हरि खनाल, नेफिन बुसान शाखाका अध्यक्ष परी गुरूङले पनि शुभकामना व्यक्त गरेका थिए । त्यस्तै नेपाल तामाङ घेदुङका उपाध्यक्ष राम तामाङ, तमु धिं दक्षिण कोरियाका अध्यक्ष लेसन गुरूङ, नेपाल मगर संघ कोरिया अध्यक्ष टेक पुन मगर, जसपा नेपाली समाजका अध्यक्ष दर्पण गुरूङ, चितवन सम्पर्क समितिका अध्यक्ष राज कुमार स्याङतान, सिन्धुपाल्चोक समाजका अध्यक्ष उत्सब खड्का, सनातन साहित्य सङ्गीत साधना समूह पाँच सका अध्यक्ष कमल भण्डारी, न्यु भिजनका अध्यक्ष दिपेन्द्र अधिकारी लगायतले पनि शुभकामना दिएका थिए ।
फेसबुक लाईक र भ्युजको आधारमा विजेता छनोट गरिएको प्रतियोगितामा एन्टवर्पेन , बेल्जियममा बसोबास गर्दै आएका ल्हाक्पा याङजी शेर्पा प्रथम, सोलुखुम्बूकी मिङमा सोनाम शेर्पा द्धितीय र न्योयार्क अमेरिका बस्ने ल्हाक्पा नुुर्बु शेर्पाले तृतीय स्थान हासिल गरेका छन् । यस्तै उत्कृष्ट मौलिक भेषभुषामा सोलुखुम्बुका देछेन शेर्पा पुरस्कृत भएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया निवर्तमान अध्यक्ष युगेल तेण्डुप शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका नृत्य प्रशिक्षक पासाङ छिरिङ शेर्पा र कलाकार ल्हाक्पा छोदेन शेर्पा सम्मीलित निर्णायक मण्डलले विजेताको नतिजा सार्वजनिक गरेका हो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पाँचथर सांगितिक सौगात भाग २ को आयव्यय सार्वजनिक , २ करोड ४१ लाख वन बचत
  • कोरियाको शहरहरुमा नोभेम्बर ८ देखि आक्रमक प्रदर्शनको तयारीमा ‘जारी २’
  • नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको ९ औँ महाधिवेशन नोभेम्बर ९ मा
  • नोभेम्बर २ देखि कोरियाको विभिन्न शहरहरुमा प्रदर्शन हुँदै चलचित्र ‘रिमै’
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...