कोरियामा पहिलो पटक नेपालीलाई विशेष नागरिक सम्मान


दक्षिण कोरियाली न्याय मन्त्रालयले पहिलो पटक एक नेपालीलाई विशेष नागरिक सम्मान प्रदान गरेको छ । सल्ले अर्थात हिमालबाट आएको मान्छे नामले परिचित धावा छिरिङ तामाङलाई यो सम्मान प्रदान गरेको हो । तामाङ कोरियामा बौद्ध धर्म र बौद्ध शिक्षाको माध्यमबाट सामाजिक कार्य गर्दै आएका नेपाली भिक्षु हुन् । विहिबार एक कार्यक्रमको आयोजना गर्दे कोरियाली न्याय मन्त्रालयले अमेरिकी नागरिक डब्लूजे वन्टवर्थ र रोमनियाकी किस्टिना गेलसँगै उनलाई सम्मान गरेको हो ।
कोरियाको बौद्ध विश्व विद्यालय दोंग्गुक विश्व विद्यालयमा अध्ययन गरेका तामाङले नेपाली कामदारहरुका लागि बस्ने सेल्टर, विरामी पर्दा उपचारका साथै अन्य सहयोग गर्दै आएका छन् । कोरियाली विद्यार्थीका लागि समेत उनले नेपाली संस्कृति र संस्कारको बारेमा पढाउँदै आएका छन् ।
कोरियाको पुरानो संस्था नेपाल बौद्ध परिवारका अध्यक्ष रहेका उनी बुद्धको जन्मभुमी नेपाल भएको भन्दै कोरियाली समाजमा निरन्तर आवाज उठाउदै आएका छन् । कोरियाको बिशेष नागरिकता कोरियाली समाजमा बिशेष योगदान दिने बिदेशी दिइने उच्च सम्मान हो ।
‘दक्षिण कोरियामा बौद्धमार्गीहरु धेरै छन् । हामीले नेपालमा भगवान बुद्ध जन्मिएको हो भन्ने जानकारी गराउन सके पनि धेरै पर्यटक नेपाल जान सक्छन् । अहिले पनि यहाँ बुद्ध भारतमा जन्मिएको भनेर विस्वास गर्ने धेरै छन् । हामीले हाम्रो ठाउँबाट सकेको प्रचारप्रसार गर्नु पर्छ । यसले हाम्रो देश र समाजलाई फाइदा नै पुग्छ ।’ तामाङले भने । ‘म सधै आफ्नो ठाउँबाट सत्य कुरा भन्ने प्रयास गरि रहेको हुन्छु । मैले यहाँको गुम्बामा प्रवर्चन गर्दा पनि भगवान बुद्धको बारेमा भनि रहेको हुन्छु । नेपाल र नेपाली समाजको बारेमा भनि रहेको हुन्छु । हाम्रो ठाउँ हेर्न चाहने धेरै कोरियाली छन् । हामीले उनीहरुलाई सजिलै जान सक्ने व्यवस्था भने गर्नु पर्छ ।’ उनले थपे ।
तामाङले कोरियामा बौद्ध संस्कृति सिकाउन विभिन्न गुम्बाहरुमा गरिने ट्याम्पल स्टेको ब्यवस्थापन पनि गर्दै आएका छन् । सन् २००२ को विश्वकपको समयमा धेरै पर्यटक कोरिया आउँदा बौद्ध संस्कृति देखाउन टेम्पल स्टे सुरु गरिएको थियो । अहिले कोरिया धेरै गुम्बामा टेम्पल स्टे गर्न सकिन्छ ।
कोरियाली समाजमा उत्कृष्ट सामाजिक कार्य गरे बापत सन् २०१२ देखि एक जना विदेशीलाई यो सम्मान दिईने गरिएको छ । ‘सधै एक जनालाई मात्रै दिईदै आएको रहेछ । यो बर्ष धार्मिक क्षेत्रमा काम गर्ने तीन जनालाई सम्मान गरे । कोरियाली सरकारले मलाई मात्र होइन सिंगो नेपालीलाई पनि सम्झेको हो । कामको स्याबासी दिएको हो ।’ तामाङले भने । अहिलेसम्म १२ जनाले यो सम्मान पाएका छन् ।

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनसीसीको अधिवेशन जुन ४ मा हुने
  • चौथो बुद्ध जयन्ती फुटसल कप-२०२३ सम्पन्न, उपाधि फारान एफसिलाई
  • नेफिन कोरियाको विशेष अधिवेशन मे २८ हुने
  • धनकुटा सेवा समाज कोरियाद्वारा बिरामीलाई आर्थिक सहयोग
  • ईपिएस

    कृषि तथा पशुपालन क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषाको नतिजा १४ जुलाईमा प्रकाशन हुने

    कृषि तथा पशुपालन (Agriculture & Livestock) क्षेत्र तर्फको दोश्रो चरणको कोरियन भाषा परिक्षा (EPS-TOPIK-2023, UBT) को नतिजा १४ जुलाई शुक्रबार प्रकाशन हुने सूचना जारी भएको छ । नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालय बीच सम्पन्न ...

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...