Advertisement
SKIP THIS

कोरियन प्रहरीद्धारा नेपाली महिला कामदार सम्मानित


फोनिज कोरिया संवाददाता

 

सोल-कोरियन प्रहरी कार्यालयले रोजगार अनुमति प्रणाली (ईपीएस) बाट रोजगारी गर्न यहाँ आएकी एक नेपाली महिला कामदारलाई सम्मान गरेको छ ।

 

 

कुमि नगरपालिका प्रहरी कार्यालयले त्यस क्षेत्रको सामाजिक सुरक्षामा उल्लेखनीय सहयोग पुर्याए बापत सुनसरी इटहरीकी सरिता खवासलाई सम्मान पत्र प्रदान गरेको हो । प्रहरीले गत अप्रीलमा सम्मान गर्ने निर्णय गरेको भए पनि खवासले आफ्नो व्यस्तताका कारण सामान–पत्र केहिदिन अघिमात्र ग्रहण गरेकी थिइन् ।

 

 

कुमि बिश्वबिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा सम्मान पत्र हस्तान्तरण गरिएको थियो । सम्मान पत्रमा कुमि बिश्वविद्यालयमा अध्ययन गरिरहेका बिदेशी बिद्यार्थीहरुको अभिभावकत्व निर्वाह गर्न जिम्मेवारी पनि दिइएको छ ।

 

 

खवास २००८ को डिसेम्बरमा ईपीएसबाट पहिलो पटक कोरिया आएकी हुन् । उनि गिम्छनस्थित हान सुङ नामक धागो कम्पनीमा कार्यरत छिन् । कम्पनीमा सबभन्दा मिहेनती र ईमान्दार भएकाले उनलाई अरु ४ बर्ष १० महिनाको रोजगार अवधि थप गरि दिएको छ ।

 

 

मिहेनती र इमान्दार भएकैले कम्पनीले खवास दक्ष कामदारका लागि अध्ययन गर्न कुमि बिश्वविद्यालयमा दुई बर्ष अघि सिफारिस गरेको थियो । अत्यन्तै मिहेनती खवास राती कम्पनीमा काम गरेर दिउसो कलेज जाने गर्छिन् ।

 

 

सरकारले निर्धारण गरे अनुसारको कोरियन भाषा उतीर्ण गरे खवासले दक्ष कामदारको दर्जा पाउनेछिन् । खवास कोरियन प्रहरीद्धारा सम्मान र जिम्मेवारी पाउने सम्भवत पहिलो नेपाली महिला कामदार पनि हुन् ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...