Advertisement
SKIP THIS

विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको पुरस्कार वितरण माघ २ गते पोखरामा गरिने


तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा सम्पन्न विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगितामा विजेताहरुलाई आउँदो माघ २ गते पुरस्कार वितरण गरिने भएको छ । कास्की जिल्लाको लेकसाइड पोखरास्थित प्राईम होटलमा सम्बन्धित सबैलाई आमन्त्रण गरी उक्त पुरस्कार प्रदान गरिने भएको हो ।

सो नृत्य प्रतियोगितामा प्रतियोगी नं. १ तमू फ्रे छमी धीं (सोरठी नृत्य) स्याङ्जा वालिङले प्रथम स्थान, प्रतियोगी नं. ३ सिर्सेकोट समाज (घाँटु नृत्य) स्याङ्जाले द्धितिय स्थान र प्रतियोगी नं. १० पसगाउँ लमजुङले तृतीय स्थान हासिल गर्दै ट्रफी र प्रमाण पत्र सहित क्रमशः नगद रु. पचास हजार, तीस हजार र पन्ध्र हजार प्राप्त गर्दै पुरस्कृत हुनेछन् भने प्रतियोगी नं. ४ पैंयुखोला तमू समाज काजीपोखरी १४, कास्की पोखराका समूहले उत्कृष्ट भेषभूषाको विधातर्फ ट्रफी र प्रमाण पत्र सहित नगद रु. दश हजार प्राप्त गर्नेछन् । प्रतियोगितामा एकल वा सामूहिक रुपमा जम्मा १८ प्रतियोगीहरुको सहभागिता रहेको थियो ।

तमू धीं दक्षिण कोरियाले यही जनवरी २ तारिक सउलस्थित नाम्यङ्ग सागरीमा रहेको हाम्रो नेपाली चुल्हो रेष्टुरेन्टमा यस वर्षको तमू ल्होसार मनाएको थियो । नेपालबाट जूम भर्चूअल मार्फत जोडिएर यस वर्षको ल्होसारलाई अझ विशेष बनाउन प्रमुख अतिथिको रुपमा रहनुहुने तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाण्डौका अध्यक्ष रेशम गुरुङ, विशेष अतिथिहरु तमू धीं नेपालका अध्यक्ष हुम बहादुर गुरुङ, बौद्ध अर्घौ सदन पोखराका अध्यक्ष भुवनसिं गुरुङ र सोही सदनका लामा प्रमुख खेन्पो शिर लामा गुरुङ, प्ये ल्हु संघ नेपालका पच्यु चिवा ठौ बहादुर गुरुङ, उहाँहरु सम्बद्ध संस्थालाई मायाको चिनो सहित सम्मान गर्ने कार्यक्रम रहेको छ । कवि तथा साहित्यकार तेज बहादुर च्हाक्ली गुरुङ, गायन क्षेत्रका चर्चित कलाकारद्धय ममता गुरुङ र तिलक गुरुङलाई मिठो प्रस्तुतिको लागी सोही पुरस्कार वितरण कार्यक्रमका विच सम्मान गरिने तमू धीं दक्षिण कोरियामा केन्द्रीय अध्यक्ष लेसन गुरुङले जानकारी दिए ।

विजेताहरु सबै पश्चिमाञ्चल क्षेत्रभित्रको भएकोले सबैको सुविधा र सहजतालाई मध्यनजर गर्दै तमू धीं दक्षिण कोरियाका पूर्वाध्यक्ष सूरज गुरुङको संयोकत्वमा गठित उपसमितिले पोखरामा उक्त पुरस्कार वितरण कार्यक्रमको तय गरिएको संस्थाका केन्द्रीय महासचिव सन्तोष गुरुङले बताए । कार्यक्रममा मिडिया पार्टनर्सको रुपमा रहेका छ्याजालो न्यूज, गोर्खाली रेडियो, रोधीं डिजिटल र फोनिज कोरियालाई पनि सम्मान जोड्दै पुरस्कृत बाहेकका सहभागी बाँकी १४ प्रतियोगीहरुलाई समेत प्रतिभाको कदर गर्दै सम्मान पत्र प्रदान गरिने संस्थाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष रुपा गुरुङले थपिन् ।

उक्त पुरस्कार वितरण कार्यक्रमको नेपालमा रहेका तमू धीं दक्षिण कोरियाका भुपु अध्यक्ष, वरिष्ठ सल्लाहकार, सल्लाहकार कार्यसमितिका पदाधिकारी एवं सदस्यहरु, संस्था सम्बद्ध अग्रज व्यक्तित्वहरु लगायत पुरस्कृत र सम्मानित हुनुहुने प्रतियोगी र व्यक्तित्वहरुलाई अग्रिम बधाई सहित उपस्थितिको लागी तमू धीं दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • प्रगतिशील नेपाली समाज कोरियाको दोश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...