Advertisement
SKIP THIS

तामाङ पर्यटन संजालको बृहत् भेला सम्पन्न


पर्यटन क्षेत्रमा संलग्न तामाङहरुको सामुहिक संस्था तामाङ रिमठिम पर्यटन सञ्जालले संस्थाको बिधिवत दर्तापछिको पहिलो बृहत् भेला हिजो(पौष १८ गते) सम्पन्न भएको छ ।

गोकर्ण हाउस रेस्टुरेन्ट ठमेलमा सम्पन्न भेलामा तामाङ समुदायका अग्रज पर्यटन व्यवसायी, पर्वतारोही र पथप्रदर्शकहरुको उल्लेख्य सहभागीता रहेको संस्थाका सचिव नरध्वज तामाङ (क्षितिज) ले बताएका हुन ।

कीर्तिमानी आरोही शम्भु तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाको सभापतित्त्व संस्थाका अध्यक्ष अम्बर बम्जन, कार्यक्रम सञ्चालन महासचिव छेटुप तामाङ र स्वागत मन्तव्य बरिस्ठ उपाध्यक्ष सरिता लामाले गरेका थिए ।

पर्यटन क्षेत्रमा आबद्ध तामाङहरुबीच यो संस्थाबारे अद्यावधिक जानकारी दिने, सदस्यता बितरण गर्ने र संस्थालाई भविष्यमा कसरी अगाडी बढाउने भन्नेबारे मार्गचित्र तय गर्न, पेशागत शसक्तिकरणका लागि के गर्न सकिन्छ तथा महामारीबाट सिर्जित विषम परिस्थितिमा पर्यटन क्षेत्रमा टिकिरहन के – कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा भेलामा छलफल भएको थियो ।

त्यसैगरी उपस्थित करिब ४५ जनालाई अध्यक्ष र अतिथिको हातबाट संस्थाको सदस्यताको प्रमाणपत्र पनि प्रदान गरिएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...