Advertisement
SKIP THIS

गान्धीराज यसरि औधोगीक दुर्घटनामा परे


फोनिज कोरिया संवाददाता

सोल-सोमबार दिउसो मौसम धुम्मिएको थियो | हल्का हावा पनि चलिरहेको थियो | ख्यंगीदो ह्वासङ सीमा रहेको इलु सीएनपी कम्पनीमा कार्यरत मोरङ हत्तिमुढा-८ स्थायी बासिन्दा र हाल काठमाडौं बस्दै आएका गान्धीराज खतिवडा पनि आफ्नै ड्युटीमा थिए | फलाम पगालेर ठुल्ठुला मेसिनको पाटपुर्जा बनाउने कम्पनीमा अरु तीन नेपाली आ-आफ्नै विभागमा व्यस्त थिए |

 

पाटपुर्जा बनाउन फलामलाई १४ सय डिग्रीमा उमाल्नुपर्छ | यसरि उमालिएको फलामको झोल काठको फ्रेम र डाइको सहयोगमा आकार निकाल्नुपर्छ | अग्र र पाश्च भाग गरेर डाई १ हजारदेखि ४ हजार किलोसम्म गह्रौं हुन्छ |

 

गान्धीराजले १२ बजे कम्पनीकै सिक्ताङमा खाना खाएका थिए | प्राय धेरै नबोल्ने उनि केहि कोरियन र एक जना नेपाली साथीसंगै बसेर खाना खाएका थिए |

 

दुई वर्षअघि बिदामा गएर उनले बिहे गरेर आएका थिए | खाना खाएर घरमा श्रीमतीसंग फोन दुख सुख सन्चो बिसन्चो कुरा गरेका थिए | नियति कति निर्दयी हुन्छ | श्रीमतीसंग बोलेको केहि मिनेट नबित्दै उनले संसारबाट बिदा लिनुपर्यो |

 

करिब १२.५५ बजे उनि सधै काम गर्ने ठाउँमा काम गरिरहेका थिए | त्यतिनै बेला अरु बिभागमा काम गरिरहेका साथीहरुले ठुलो आवाज सुने | सधै आवाज आइरहने भए पनि सबै गान्धीराज भएतिर दौडिए | डाईले गंधीराजको आधा शरीर छोपेको अवस्थामा भेटियो | डाइको एक भाग ढलेर उनलाई च्यापेको रहेछ | तत्काल क्रेनले डाई उचाले पनि उनले संसार छोडी सकेका थिए |
अतिनै मिलनसार, सकारात्मक विचार भएका, नझर्किने र धेरै नबोल्ने गान्धीराजलाई गुमाएर ३ जना साथीहरु डाँको छोडेर रुने अवस्थामा छन् | यो बिबरण टिपाउने सुदिप कोइरालाको गला पटकपटक अबरुद्ध भयो | उनि बेला बेला घुँक्कघुँक्क गर्थे |

 

कोरियामा रहेका नेपालीहरुले काम गर्दा सधै सावधानी र सुरक्षा सामग्रीको प्रयोग जरुरि देखिएको छ |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...