नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छैटौं केन्द्रिय महाधिबेशन सम्पन्न
नेपाली कांग्रेसको भातृसंगठन नेपाली जनसम्पर्क समिती दक्षिण कोरियाको छेठौ केन्द्रिय महाधिबेशन नोभेम्बर २८ तारिक आईतबार सम्पन्न भएको छ । नेपाली कांग्रेसको चालू १४ औं राष्ट्रिय महाधिवेशन अनुरूप कोरियाको छैटौं केन्द्रिय महाधिबेशनबाट भजीन्द्र ब. क्षेत्री सभापतिमा निर्वाचित भएको छ ।
अधिवेशनबाट नयाँ कार्यसमितिको उप-सभापतिमा लक्ष्मण दाहाल र जितेन्द्र महता, महामन्त्रीमा राम प्रसाद उप्रेती र मित्र बन्धु काफ्ले, सह-महामन्त्रीमा विकास मल्ल र फर्सुराम पौडेल निर्वाचित भएका छन् ।
साथै सदस्यहरुमा खुल्लातर्फ रुपेश कंडेल, दिल ब. मडै, प्रकाश देवकोटा, बालकृष्ण बान्तावा, महेश ब. महरा, सुरेश उप्रेती, हेमन्त शाह क्षेत्रीय आरक्षित कोटातर्फको सदस्यहरूमा क्षेत्र नम्बर १ देखि ८ सम्म क्रमशः प्रेम सागर पौडेल, तुलस कुमार गुरुङ, भरतमणि पाण्डे, जित कुँवर, गोविन्द शर्मा, कमल कुमार लिम्बु, हिमाल पौडेल, युवराज अम्गाई निर्वाचित भएका छन् ।
अधिवेशनको प्रमुख अतिथिमा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा विदेश स्थित जनसम्पर्क प्रमुख गोविन्द भट्टाराइ र विशिष्ट अतिथिमा नेपाली कांग्रेस नेत्री डा. आरजु राणा देउवा भर्च्युअलमाध्यम जूममार्फत सहभागि भएका थिए ।
सर्वासहमतिमा ‘एउटा ऐतिहासिक अधिबेशन सम्पन्न गर्नपाएकीमा क्षेत्रीय सभापती, क्षेत्रीय समिति त्यस्तै केन्द्रिय प्रतिनिधि लगायत निर्वाचन समिती, कार्यसमिति, क्षेत्रीय समितिको सकृयताले अधिवेशन सफल भएकोमा आभार प्रकट गरिन ।’– जनसम्पर्क समिती दक्षिण कोरियाकी निर्वामान सभापति आस्था बिन्दु मल्ल ।
अधिवेशनको निर्वाचन समितीको संयोजकमा छानु चन्द र सदस्यहरूमा डासुराम पौडेल र सुर्य क्षेत्री रहेको थियो ।