Advertisement
SKIP THIS

तमू धीं कोरियाले ल्होसार लक्षित विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिता गर्ने (नियमहरु सहित)


बोम्जन गुरुङ
२६ नोभेम्बर २०२१, सउल कोरिया

तमू धीं दक्षिण कोरियाको आयोजना र साँस्कृतिक विभागको मुख्य संयोजनमा विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताको नियमहरु सार्वजनिक भएको छ । आउँदै गरेको तमू (गुरुङ) समुदायको महान् पर्व तथा नयाँ वर्ष तमू ल्होसार (पौष पन्ध्र) को अवसरलाई लक्षित गर्दै उक्त प्रतियोगिता आयोजना गरिने भएको हो ।

प्रतियोगिता मार्फत तमू समुदायभित्र रहेको अन्तर्निहित क्षमतालाई प्रस्फुटन गर्ने, नयाँ प्रतिभाको खोजी र प्रोत्साहनसँगै मौलिक सँस्कृति र पहिचान विश्वसामु फैलाउनुको साथै जातीय अस्तित्व संरक्षण साथै सम्बर्द्धनमा टेवा पुर्याउनु सो प्रतियोगिताको मुख्य उद्धेश्य रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय स्थान हासिल गर्नेले क्रमशः पचास हजार रुपैंया, तीस हजार रुपैंया, पन्ध्र हजार रुपैंया सहित आकर्षक ट्रफी र सम्मान पत्र प्राप्त गर्नेछन् भने भेषभूषा प्रस्तुतिको आधारमा उत्कृष्ट एकजनाले दश हजार रुपैंया र सम्मान पत्र हात पार्नेछन् । प्रतियोगितामा सहभागिताका लागि यही नोभेम्बर २५ देखि डिसेम्बर २५ सम्म खुल्ला गरिएको छ । प्रतियोगिता सम्बन्धी सम्पूर्ण नियम र जानकारीहरु सार्वजनिक गर्दै सहभागिताका लागी सम्बन्धित सबैलाई तमू धीं दक्षिण कोरियाले अनुरोध गरेको छ ।

विश्वव्यापी अनलाइन तमू साँस्कृतिक नृत्य प्रतियोगिताका नियमहरु यसप्रकार छन् ।

१. नतिजा घोषणा एकै चरणमा गरिने यस प्रतियोगितामा तमू समुदायका जुनसुकै उमेर समूहले एकल वा सामूहिक रूपमा नि:शुल्क सहभागिता जनाउन सक्नुहुनेछ ।

२. नृत्य तमू भाषाको गीतमा, मौलिक भेषभुषामा हुनुपर्नेछ । मौलिकपन झल्किने (घाँटु , कौडा, चुट्का, मारुनी, सोरठी, सालैजो) मा पनि प्रस्तुति दिन सक्नुहुनेछ । भिडियो कम्तीमा २ देखि बढीमा ३ मिनेटको हुनुपर्नेछ ।

३. प्रतियोगिले भिडियो बुस्ट गरेको पाईएमा प्रतियोगिताबाट हटाइनेछ र पोष्ट भएको भिडियोलाई लाईक, ट्याग, मेन्सन, शेयर गर्नका लागि अनिवार्य हाम्रो फेसबुक पेज लाईक गर्नुपर्नेछ ।

४. कलाकरिता क्षेत्रमा ख्याति प्राप्त र पुरस्कृत भइसकेकाहरूलाई भन्दा नयाँ प्रतिभाहरूलाई विशेष प्राथमिकता दिईनेछ । अन्य कार्यक्रम र प्रतियोगिताहरूमा पोष्ट भईसकेको र सम्पादन (इडिट) गरेको भिडियोलाई मान्यता दिइनेछैन ।

५. हाम्रो अधिकारिक फेसबुक पेजबाट पोष्ट भएको भिडियो भ्यूजको ५०% र आयोजकको ५०% निर्णयको आधारमा विजेता तमू ल्होसार कार्यक्रमको अवसर पारेर २०२२ जनवरी २ तारिखमा हाम्रो पेज (तमू धीं दक्षिण कोरिया) बाट प्रत्यक्ष प्रशारण मार्फत घोषणा गरिनेछ ।

६. प्रतियोगितामा आयोजकको ५०% भूमिका राखिएको हुँदा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

७. प्रतियोगीको लागी यही २६ नोभेम्बर देखि डिसेम्बर २५ सम्म सहभागिता खुल्ला रहनेछ भने २०२१ डिसेम्बर ३१ कोरियाको राती १२:०० बजेसम्मको भ्यूज गणना गरिनेछ । भिडियो [email protected] वा +८२१०-९१०६-२५७२ मा भाईबर, वाट्सएप मार्फत पठाउनुपर्नेछ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...