Advertisement
SKIP THIS

तामाङ पत्रकार संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अमिर योन्जन


तामाङ पत्रकार संघ, दक्षिण करियाको आइतबार दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अमिर योन्जन अध्यक्षमा चयन भएका छन् ।

अन्य पदाधिकारीहरूमा उपाध्यक्ष राजिब घिसिङ, सचिब दुध बहादुर लामा, कोषाध्यक्ष बिमल सिं लामा निर्वाचित भएका छन् । बाँकी रहेकाे सह-सचिब, सह-कोषाध्यक्ष तथा सदस्यहरू  भने कार्यसमितिको बैठकले चयन गर्नेछ ।

 

अधिवेशनमा प्रमुख अतिथि तामाङ पत्रकार संघ केन्द्रीय अध्यक्ष बिष्णु तामाङ मोक्तान, बिशेष अतिथिहरूमा नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष रन्जनराज कुवंर, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) दक्षिण कोरियाका अध्यक्ष गोकुल थोकर, नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष रबि लामा, नेपाल तामाङ घेदुङ ख्याङ्साङ् बुसान कोरियाका अध्यक्ष धनराज तामाङ, नेपाल तामाङ घेदुङ जेजु शाखा कोरियाकी अध्यक्ष अनिता रूम्बा, मकवानपुर कोरिया मञ्चका अध्यक्ष तथा नेपाल तामाङ कलाकार संघ, दक्षिण कोरियाका का.बा. अध्यक्ष सूर्य रूम्बा, काभ्रे सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष प्रकाश योन्जन र शेर्पा संघ दक्षिण कोरियाका अध्यक्ष थुतुङ ग्याल्जी शेर्पा लगायतका संघ संस्थाका प्रतिनिधिहरूले आफ्ना भनाइ राखेका थिए ।

अधिवेशन औपचारिक र बन्दसत्र गरि २ चरणमा सम्पन्न गरिएको थियो । बन्दसत्रमा संघको कोषाध्यक्ष दुध बहादुर लामाले आर्थिक प्रतिवेदन, सचिब राजिब घिसिङले कार्यप्रगाति विवरण प्रस्तुत गरेका थिए । अधिवेशन संघको सल्लाहकार गोकुल थोकरको संयोजकत्वमा मेघप्रसाद वाइबासहितको निर्वाचन समिति रहेको थियो।

तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिका विषयलाइ मुल विषय बनाउँदै दक्ष तामाङ पत्रकार उत्पादनका लागि लाग्ने नवनिर्वाचित अध्यक्ष योन्जनले प्रतिबद्धता ब्यक्त गरेका छन् । सन् २०१८ गठित पहिलो प्रवास शाखाले दक्षिण कोरियामा नेपाली क्रियाशील संस्थाहरूसंग सामाजिक रुपमा सहकार्य गर्दै सहभागिता जनाइरहेको संस्था हो । दक्षिण कोरियामा क्रियाशील तामाङ समुदायको सञ्चारकर्मीहरूको साझा संस्था तामाङ पत्रकार संघको पहिलो प्रवास शाखा हाे ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समुदायको संयुक्त आयोजनामा ‘वुद्ध जयन्ति’ मनाईँदै
  • किम्हेमा चलचित्र ‘अञ्जिला’ अप्रील २७ मा प्रदर्शन हुने
  • कोरियाभर प्रदर्शनको तैयारीमा बहुप्रतिक्षित चलचित्र ‘ऊनको स्वीटर’
  • चुम्लुङ कोरियाले एक महिने केलाङ प्रशिक्षण सञ्चालन गर्दै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...