Advertisement
SKIP THIS

जे हुदैछ त्यो राम्रो होइन


अनुप श्रेष्ठ,कोरिया –कोरियामा हप्तै पिच्छे बिहान बिहानै दुखद खबर सुन्न बाध्य भएको अबस्था छ । कोरियामा लगभग च्याउ झैँ उम्रिएका सय भन्दा बढी संघ सस्था छन्, तर कसैको पनि ध्यान यसतर्फ पूर्ण रुपमा गए जस्तो आभास लाग्दैन । हुन त कुनै पनि संस्थालाई दोष लगाउन खोजेको होइन ।ती विभिन्न संस्थाहरु स्थापना हुनु पनि बेग्लै कारण होलान तर पनि प्रत्येक संस्थाले ५ प्रतिशत मात्र सोचाई र समय यस क्षेत्रमा दिने भने हाल कोरियामा भैंरहेको आत्माहत्याको संख्या घटाउन सकिन्छ भने न्यूनीकरणमा समेत सहयोग पुग्नेछ ।

 

केही महिना अघि राज संसार श्रेष्ठको नेतृत्वमा हामीले दक्षिण कोरियामा २१ दिने इनर स्कानिङ इनर टच कार्यक्रमको सुरुवात गरेका थियौं । यसले केहि हदसम्म तनाव, चिन्ता जस्ता समस्यामा हुने साथीहरुको समस्यालार्इ केही हदसम्म निराकरण गरेको आभास भएको थियो । व्यस्तता र प्राबिधिक समस्याले यो कार्यक्रम पनि अगाडी बढ्न सकिरहेको छैंन् । यसबाट पर्न गएको असुबिधाप्रति हामी क्षमा चाहन्छौं ।

 

मेरो विचारमा सरकारी निकाय तथा अन्य विभिन्न संघसंस्थाले केही गरोस या नगरोस तर प्रत्येक नेपालीले एउटा आचरणको बिकाश गर्नु अपरिहार्य छ । मैले अरु देशका साथीहरुको व्यवहार पनि हेरेको छु त्यस मध्ये कम्बोडियाका साथीहरुको एक आपसमा साथी भाइसंग छिटो घुलमिल हुने प्रवृति एकदम राम्रो लाग्यो ।तिनीहरु आफ्नो देशको भनेपछि एकदम साथीत्वको भावनाले व्यवहार गर्छन ।तर हामीहरु आफनो देशको नेपाली साथीहरु देखे पनि न देखे झैँ गर्छौ ।

 

 

हामीहरु आफ्नो जात , क्षेत्र , पार्टी , समुहको आधारमा एक अर्काप्रति व्यवहार गर्छौं ।जसले गर्दा पनि जो साथी दुखमा परेको छ उसले आफ्नोपनको महसुस गर्न पाउदैन । उ झन् पिडित हुने सम्भावना बढ्न जान्छ ।हामी आफ्नै देशका साथीभाइले आफ्नै देशको लाई नै मतलब र आफनो ठान्न सकेनौं भने उसको आत्मबलमा गिरावट आउनु स्वाभाविक हो ।

 

त्यसैले साथीहरु मेरो सानो अनुरोध हामी नेपाली एक हौँ ।हामी सबैं नेपाल आमाको सन्तान हौं एक अर्काले परदेशको ठाउंमा सकेको आपसी सरसहयोग गरौं ।हामी सबै आफ्नो उज्जल भविष्य बनाउनको लागि कोरिया आएका हौँ । हामीहरु जहाँ पुग्छौं, त्यहाँ भेटिने नेपाली साथीहरुसंग हल्का परिचयात्मक बोलीचालीलाई मात्र बढावा दिएर अघि बढयौं भने यस्ता घटना हरु केहि हद सम्म कम हुन्छ भन्ने मेरो सोंचाइ हो ।त्यसै अनुरुप म पनि आजबाट यसलाई अनुसरण गर्दैछु र हजुर हरु पनि कोशिस गर्नुहोला ।

               “आफनो लागि मात्र होइन अरुको लागि पनि बांचौं ।”

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली समाज रूपान्तरणमा योगमायाको योगदान माथि कोरियामा विमर्श
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...