नेपाल मुक्तक प्रतिष्ठान कोरियाको शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न


कार्तिक १९, शुक्रबार । सउल, कोरिया

पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ ।

उक्त कार्यक्रमका संयोजक दिपकराजले भन्नुभयो “हामीले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं, सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थप हौसला मिल्ने कुरामा विश्वस्त छौं ।”  संस्थाले सम्मानका लागि छनोटमा परेका ५ नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजीप्रसाद आचार्यलाई सो कार्यक्रममा सम्मानित गरिएको थियो । प्रतिष्ठानद्वारा गत असोज महिनामा सम्पन्न गरेको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार पनि कार्यक्रममा वितरण गरिएको थियो। जसमा प्रथम हुने मुक्तककार अर्घाखाँचीका पदम पाण्डेलेले नगद रु ३३,३३३ र प्रमाणपत्र, द्वितीय हुने मुक्तककार कास्कीका मदन घिमिरेले नगद रु २२,२२२ र प्रमाणपत्र अनि तृतीय हुने मुक्तककार गुल्मीकी दीक्षा भण्डारीले नगद रु ११,१११ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । त्यसैगरी तीन फरक फरक विषयमा उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्लेहरूलाई नगद रु २/२ हजार र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।

प्रतिष्ठानका अध्यक्ष आर एन को अध्यक्षतामा र वरिष्ठ लेखक तथा साहित्यकार प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा मुक्तक प्रतियोगिताका मूल निर्णायक आनन्द श्रेष्ठ र रामचन्द्र शर्मा रहनुभएको थियो । कार्यक्रममा युवा मुक्तक अभियन्ता रामजीप्रसाद आचार्यलाई ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान – २०७८’ स्वरूप (नगद रु ११,१११ र सम्मानपत्र) बाट सम्मान अर्पण गरिएको थियो।  सर्वाधिक पुरस्कार राशिको विश्वव्यापी खुला मुक्तक प्रतियोगिता-२०७८ मा विजयी र विषयगत उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अतिथिको रूपमा उपस्थित उक्त कार्यक्रमको संयोजन संस्थाका कार्यसमिति सदस्य दिपकराजले र सञ्चालन  अर्का सदस्य ह्यारी बोण्डले गरेका थिए ।

कार्यक्रममा संयोजक दिपकराजको कार्यक्रमबारे जानकारी एवम् स्वागत मन्तव्यपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्यको सङ्क्षिप्त जीवनी उद्घोषकले पढेर सुनाएका थिए । त्यसपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्य, रामचन्द्र शर्मा, आनन्द श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको बिचमा विजयी मुक्तककारहरूको छोटो भनाइ सहितका मुक्तकहरू पनि प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिका रूपमा उपस्थित प्राज्ञ सरुभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरियाले गरेका अनुकरणीय कामहरू आफूले नियाल्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । स्रष्टा सम्मानको तथा पुरस्कार स्थापना प्रशंसनीय काम भएको बताउँदै मुक्तक प्रतियोगिता र सम्मानका कार्यक्रमले नेपाली मुक्तकको विकासमा ठूलो टेवा पुगेको कुरामा जोड दिनुभएको थियो ।

अन्तमा कार्यक्रम अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष आर एन ले मुक्तकको विकासमा सबैको साथ र सहयोग प्राप्त भइरहेको र यस्तो साथ सधैं पाइरहेमा थप मुक्तकसम्बन्धी नयाँ कार्यक्रम ल्याउन संस्थालाई कुरामा जोड दिएका थिए । शुभकामना दिएर कार्यक्रम विसर्जन गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • कि.रा.या. कोरियाले किरात सिरिजङ्गा लिपि प्रशिक्षण कक्षा सञ्चालन गर्ने
  • वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने
  • किम्हे बुसानमा “नमस्ते नेपाल होली इभेन्ट” हुने
  • सुम्निमा डान्स पार्टीको आयव्यय सार्वजनिक , ३ करोड २० लाख वन मुनाफा
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...