Advertisement
SKIP THIS

तामाङ चिकित्सक समाजद्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई ४ लाख आर्थिक सहयोग


तामाङ डाक्टरहरुको संस्था ‘तामाङ चिकित्सक समाज’द्वारा दुबै मृगौला फेल भएकी रञ्जना तामाङलाई करिब ४ लाख रुपियाँ आर्थिक सहयोग गरेको छ ।

गत शुक्रबार काठमाडौ बौद्धमा एक कार्यक्रम गरि समाजको संस्थापक कोषाध्यक्ष डा. निराजन तामाङको उपस्थितिमा बिरामी रन्जनाको दाजु हर्कमान तामाङलाई चार लाख एक हजार तीन सय उनान्तिस (रु ४००१३२९) सहयोग रकम हस्तान्तरण गरिएको हो ।

तेमाल ९ पालुघाटका दुबै मृगौला फेल भएकी २३ बर्षिया तामाङको भक्तपुर क्यान्सर अस्पतालमा डाईलाइसिस गराइरहेको छ । आफ्नै बुबाले मृगौला दान गर्ने भएपछि प्रत्यारोपणको लागि प्रक्रियाको सुरु भैसकेको छ । परिवारको आर्थिक अवस्था कम्जोर भएकोले तेमाल पालुघाटकै ‘पालुघाट युथ फोरम’को अग्रसरतामा आर्थिक सहयोग संकलन कार्य भैरहेको छ । यस अभियानलाई विश्वास गरेर यसरी यति ठूलो आर्थिक सहयोग गरेकोमा तामाङ चिकित्सक समाजलाई युथ फोरम पालुघाट तथा बिरामीको परिवारले धन्यवाद दिएको छ । साथै मृगौला दान गर्ने बिरामीको बुबाको स्वास्थ परिक्षण भैरहेको र परिक्षण सफल हुना साथ मृगौला प्रत्यारोपणको कार्य सुरु हुने जानकारी समेत युथ फोरमले दिएको छ ।

आर्थिक सहयोग गर्नेहरुको विवरण

आर्थिक सहयोग गर्नेहरुको विवरण

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी कमल तामाङ, हस्त ब. तामाङ, ब्यवसायी आशिष लामा, युवा पर्यटन ब्यवसायी नरध्वज तामाङ (क्षितिज), युवा राजनीतिकर्मी गोर्खाराज लामा र सेलो कलाकार प्रेम लोप्चन लगायत अन्य धेरै महानुभावहरुको उपस्थिति रहेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • ‘आदिवासी जर्नल एवम स्मारिका ‘ विमोचन जुलाई २७ मा
  • उल्सानका ३ अस्पतालसँग एनसीसीको सम्झौता, नेपालीलाई सहुलियतमा स्वास्थ्य सेवा उपलब्ध हुने
  • विविध कार्यक्रम सहित जुलाई २० तारिख भव्य रुपमा ‘नेपाल डे’ मनाईदै
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...