चर्चित गीत “डांडा पारी हिमाल” को म्युजिक भिडियो सार्वजानिक (तमुनिटी) दशैं कोसेली


वि.स. २०५८ सालमा स्थापित लमजुङ जिल्लाकै एक मात्र लेजेन्डरी सांगितिक समूह “मर्स्याङ्दी ब्याण्ड” मा समावेश रहेको लोकप्रिय “डांडा पारी हिमाल” बोलको गीतको रि-मेक भर्सन् भिडियो सहित सार्वजानिक गरिएको छ । बडा दशैंको अवसर पारेर रिलिज गरिएको रहेको गीतलाई गुरुङ भाषाका पहिलो र्यापर-गायक ज्ञानेन्द्र गुरुङ (लमजुङे आच्यो) ले बजारमा ल्याउने जमर्को गरेका हुन् । लमजुङ जिल्लाकै चिनारीको रुपमा स्थापित यस गीतको छायांकनमा लमजुङ जिल्लाकै रमणिय दृश्यहरुलाई समेटिएको छ ।

ब्याण्डमा समावेश रहेका गीतहरु मध्येको सुपरहिट गीत “डांडा पारी हिमाल” लाई लमजुङ हिले टक्सार बेसी (रातो माटो) का हाल अमेरिका निवासी जय गुरुङ ज्युले लेख्नु भएको हो भने लमजुङ हिले टक्सार (लांकुरीबोट) हाल बेसीशहर निवासी बिकास गुरुङ ज्युले स्वर दिनु भएको हो । त्यसै गरी ब्याण्डमा भोकलिस्ट सजक चुंडाल , गिटारिष्ट फुर्पा छिरिङ लामा , ड्रमर बिनोद गुरुङ , म्यानेजर राजेन्द्र गुरुङ , प्रोड्युसर राम कुमार गुरुङ, प्रदिप गुरुङ ब्याण्ड मेम्बरमा आबद्द हुनुहुन्थ्यो ।

रि-मेक भर्सनमा यस गीतलाई लमजुङ बेसीशहरका लक्ष्मण घलेले – लक्षुले स्वर दिनु भएको छ भने संगीत रि-एरेन्ज तेजेन्द्र गुरुङ ज्युले गर्नु भएको हो । “तमु-निटी” का संस्थापक ज्ञानेन्द्र गुरुङ स्वंयमले निर्देशन गरेको यस गीतको म्युजिक भिडियो प्रति धेरै जनाको पर्खाई र उत्सुकता रहेको कारण अन्य प्रोजेक्ट भन्दा यसमा चाहिँ अलि धेरै जिम्मेवारि बोधका साथ काम गरेको भएता पनि सुटिङको बेला माैसम अनुकुलताले गर्दा त्यहां बाट देखिने सुन्दर हिमालका दृश्यहरु कैद गर्न नपाए पछि आफ्नो स्टोरी बोर्ड अनुसार काम गर्न नपाएको दुख व्यक्त गर्नु भएको छ । नमस्ते पोखरा ब्रोडकास्टिङ स्टुडियोमा रेकर्ड गरिएको यस गीतको म्युजिक भिडियो निर्माणका लागि हाैसलाका साथ सहयोग गर्नु हुने घनिष्ट मित्रहरु नरेन गुरङ (युके), जय गुरुङ (अमेरिका), मन प्रसाद गुरुङ (अमेरिका), सुरेस रावल क्षेत्री (अमेरिका), मेघ प्रसाद वाईबा (कोरिया), नवराज गुरुङ (गोरे,कोरिया), सैलेस गुरुङ (बेसीशहर,हङकङ), क्षेत्र गुरुङ (घाचोक), खुशीराम गुरुङ (खासुर), लगायत प्रत्यक्ष अप्रत्यक्ष जोडिनु हुने सबै प्रति तमुनिटी समूहले आभार व्यक्त गर्नुभएको छ ।

मोडेलहरु : मनोज गुरुङ | जोस्ना गुरुङ

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • चलचित्र ‘ऊनको स्वीटर ‘ सुवन शोको मिति परिवर्तन, जुन १ मा प्रदर्शन हुने
  • विश्वव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा घोषणा मे १८ मा हुने
  • किरात राई यायोक्खाले कोरिया भर ‘साकेला’ मनाउँदै
  • गायक तथा मुन्दुम विद जितेन राईको साथमा कोरिया भर ‘साकेला’ मनाईदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...