नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारणसभा सम्पन्न
नुवाकोट समाज दक्षिण कोरियाको आठौं अधिवेशन तथा बार्षिक साधारण सभा सम्मपन्न भएको छ ।
अध्यक्ष सुन्दर प्रसाद अधिकारीको अध्यक्षतामा आज ३ अक्टोबर २०२१ मा भर्चुअल जुम माध्यम मार्फत आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा कोरियाका लागि नेपाली कार्यबाहक राजदूत रामसिँह रहेका थिए ।
त्यस्तै विशेष अतिथिमा NRNA चिनका प्रतिनिधि, अस्ट्रेलियाबाट NRNA केन्द्रिय उपाध्यक्ष पदका उम्मेदवार धर्म राज अधिकारी, नेपाल पत्रकार महासंघ द कोरियाका अध्यक्ष रन्जन राज कुवंर, NCC कोरियाका अध्यक्ष श्री प्रसाद श्रेस्ठ र बागमती एकता समाज कोरियाका बरिस्ठ उपाध्यक्ष सुरज दर्लामी रहेका थिए ।
विभिन्न जिल्ला सम्पर्क समिती कोरियाका प्रतिनिधिहरु र अन्य जातिय, क्षेत्रीय, राजनितिक संघसंस्थाका प्रतिनिधिहरु र नुवाकोट स्थाई ठेगाना भाइ कोरिया बसोबास गर्दै आउनु भयका सबैको उल्लास जनक सहभागितामा रहेको थियो ।
औपचारिक कार्यक्रममा सबैले ल यस संस्थाले बिगतमा गरेका कामको प्रसंशा र नयाँ आउने कार्यसमितीलाई सुभकमना दिदै, वर्तमान विभिन्न बिषयमा आफ्नो धारण राखेका थिए ।
संस्थाका निवर्तमान अध्यक्ष सुन्दर प्रसाद अधिकारिले संस्थाको कार्यप्रगती र आर्थिक विवरण पेस गरेका थियो भने उत्त प्रतिबेदन सर्वसम्मतले पारित पनि भएको छ ।
विधान संसोधन
संस्थाको ८औं अधिवेशनले आफ्नो विधान पनि संशोधन गरेको छ ।
विगतमा भएको कार्यसमितिको कार्यकाल एक बर्ष बाट बढाएर दुई बर्ष र अन्य कुराहरु पनि सम्सोधन गरि सर्वसम्मति बाट पारित भएको छ ।
साथै औपचारिक कार्यक्रम पश्चात् बन्द सत्र मार्फत नयाँ कार्यसमिति समेत चयन गरिएको छ ।
संस्थाका सस्थापक अध्यक्ष रन्जन कुवंर को संयोजकत्वमा गठित निर्वाचन समितिले रामकुमार गौतम को अध्यक्षतामा तेह्र सदस्यीय नयाँ कार्यसमिती चयन गरिएको हो ।
नवनिर्वाचित अध्यक्ष राम कुमार गौतमले अब आउने कार्यकाल निष्पक्ष र आर्थिक पारदर्शी गर्दै सस्थाको गरिमालाई घट्न नदिने प्रतिबद्धता जनाएको छ।
निर्वाचित पदाधिकारीहरु यस प्रकार रहनुभएको छ।
१) अध्यक्ष : राम कुमार गौतम
२) वरिष्ठ उपाध्यक्ष : टंक राना मगर
३) उपाध्यक्ष : अभिनाश तामाङ
४) महिला उपाध्यक्ष : रबिना श्रेष्ठ
५) सचिब: सुरेश भट्ट
६) सह- सचिब: सञ्जना शर्मा
७) कोषाध्यक्ष : राम ढुंगाना
८) सह-कोषाध्यक्ष: अर्जुन तामाङ
९) सदस्य : जुना गुरुङ
१०) सदस्य : सुजन सिलवाल
११) सदस्य : बाबुराम रिमाल
१२) सदस्य : अस्बिन अधिकारी
१३) सदस्य : सुनिल रिजाल