तीन पुस्ता
छोराले
या या र उ उ भनेर
कराउँछ
म अथ्र्याउँछु अर्थ
भनिदिन्छु दुनियाँलाई
छोराले के भनेको भनेर ।
ऊ रुन्छ
म फ्याट्टै बुझिदिन्छु
भोक, पाइखाना वा निन्द्राको समय ।
ऊ मुसुक्क हाँस्छ
म अथ्र्याई दिन्छु
बालाई देखेर खुशी भो ।
ऊ मस्त निन्द्रामै हाँस्छ
म सुनाई दिन्छु सपनादेबीका कथा ।
हाम्रा बा पनि
म जस्तै थिए होलान्
ठ्याक्कै म जस्तै
मेरो कुरा सबै जान्ने ।
म सक्ने, बुझ्ने भए पछि
मैले बाका एउटै कुरा बुझिन ।
जनवरी १०, २०२१