सुर्य रुम्बाको ‘प्रेमको रंग’ सार्वजानिक (भिडियो)
फोनिज संवाददाता,
दक्षिण कोरिया । नेपाली गीतसंगीतमा एक दशकभन्दा बढी समय बिताइसकेका गायक, संगीतकार तथा एरेन्जर सुर्य रुम्बाको सांगीतिक कोसेली ‘प्रेमको रंग’ बोलको गीत सार्वजानिक भएको छ । शनिबार जुम माध्यम (भर्चुअल मार्फत) बाट कार्यक्रम गरेर गीतको भिडियो सार्वजानिक गरेको हो ।
ललितकला क्याम्पसबाट २०६५ मा संगीत स्नातकसम्मको अध्ययन गरेका गायक रूम्बाले वि.सं. २०६६ मा ‘नाम’ र वि.सं. २०७२ ‘लक’ गरेर दुइटा गीति एल्बमसमेत सार्वजनिक गरिसकेका छन् ।
गायक रूम्बाले नेपाली चलचित्र ‘संसार आफ्नै’को ‘फूलै फूल छ यहाँ’ र ‘हिरो नं.१’को ‘के गर्नु मंगले’ गीतमा समेत आफ्नो स्वर, शब्द र संगीत दिएको छ ।
गायक रूम्बा विगत ७ बर्षदेखि रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेरपनि गीत संगीतमा त्यति नै सकृया गायक हुन् ।
‘प्रेमको रंग’ दक्षिण कोरियाको विभिन्न रमणीय स्थानहरुमा छायाँकन गरिएको भिडियोलाई रुम्बा टिभी युट्युब च्यानलबाट सार्वजानिक गरेको हो । भिडियो गायक रुम्बा र पारु स्याङ्तानको अभिनय रहेको छ ।
गायक सुर्य रुम्बाको स्वर रहेको गीतलाई आरबी सिङ्तानको शब्द, संगीत र एरेन्जर रहेको छ । गीतलाई कोरियाको बबलगम स्टुडियोमा रेकर्डिङ गरेको छ ।
शुभराज भोम्जनको निर्देशनमा तयार भएको भिडियोलाई अमिर योञ्जनले छायाँकन गरेको छ भने ड्रोन छायाँकन गौतम गोले गरेको छ । कलाकार मेकअप ज्योति लामाले गरेकी छिन् ।
म्युजिकभिडियोको लिङ्कः