Advertisement
SKIP THIS

तमू धीं कोरियाको दोश्रो बृहत बैठक सम्पन्न ।


बोम्जन गुरुङ
२५ जुलाई २०२१, कोरिया ।

कोरियामा रहेको अति सक्रिय जातीय संस्था तमू धीं दक्षिण कोरियाको दोश्रो बैठक सम्पन्न भएको छ । वर्तमान बढ्दो कोरोना कहर र जोखिमको कारण भर्चुअल जूम मार्फत संस्थाको कार्ययोजना अन्तर्गत विभिन्न बुँदाहरुमा छलफल गर्दै  बैठक सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष लेसन गुरुङको अध्यक्षता र संरक्षक भिम गुरुङ (पर्वत) को प्रमुख आतिथ्यता रहेको सो कार्यक्रममा कोरियाबासी तमूहरुको तथ्यांक संकलन र सदस्यता वितरण सम्बन्धमा, तमू भाषा र लिपीको भर्चुअल सिकाई आयोजना सम्बन्धमा र शाखा संस्थाहरुसँगको सम्बन्ध तथा तमूहरुको आपसी सम्बन्ध सुधार लगायतको प्रस्तावहरुमा विशेष केन्द्रित रहेर छलफल गरिएको थियो । तमू धीं कोरियाका संरक्षक भिम गुरुङ (पर्वत), केन्द्रीय वरिष्ठ सल्लाहकार जीत गुरुङ, सल्लाहकारहरु खोमप्रसाद गुरुङ, मञ्जु गुरुङ, विजय गुरुङ, गोलमान गुरुङ, पूर्ण गुरुङ र तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाका अध्यक्ष अनिश गुरुङ लगायतले कार्यसमितिको उल्लेखित प्रस्तावहरुमा आफ्नो स्पष्ट धारणा सहित संस्थालाई थप चलायमान गराउन संस्थाले खेल्न सक्ने भूमिका र आगामी कार्ययोजनाको बारेमा सल्लाह र सुझाव दिएका थिए ।

उक्त जूम भर्चुअल कार्यक्रम केन्द्रीय महासचिव सन्तोष गुरुङले सञ्चालन गरेका थिए भने सहभागी संस्था सम्बद्ध सम्पूर्ण अग्रज र शुभचिन्तकहरुप्रति धन्यवाद व्यक्त गर्दै उहाँहरुको राय, सुझाव र विचार बमोजिम कार्यक्रमहरु कार्यान्वयन गरिने केन्द्रीय अध्यक्ष लेसन गुरुङले बताए । संगठन सचिव तुरन बहादुर गुरुङको संयोजकत्वमा केन्द्रीय सल्लाहकार मञ्जु गुरुङ, साँस्कृतिक विभाग उपसंयोजक लिलु गुरुङ, ख्याङ्साङ्नाम्दो बुसान शाखाका सचिव विक्रम गुरुङ र थेगु शाखाका सचिव बिल गुरुङ सदस्य रहने गरि पाँच सदस्यीय तथ्यांक संकलन तथा सदस्यता वितरण व्यवस्थापन समिति गठन गरिएको छ । यसका साथै संस्थाको केन्द्रीय र शाखाका कार्यसमिति, संरक्षक, सल्लाहकारहरु र विभागीय प्रमुखहरु लगायत सम्पूर्ण क्रियाशिल रहनुपर्ने निर्णय पारित गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • डिसेम्बर २८ तारिक कोरियाको थेगुमा कलाकार ममता र पवित्रा गुरुङसँगै तमु ल्होसार भव्य मनाइने
  • युबिन श्रेष्ठको नेतृत्वमा प्रवास नेपाली सम्पर्क विभाग दक्षिण कोरियाको नयाँ समिति गठन
  • कोरियामा ‘नवयुगकि सुम्निमा’ कविता संग्रह माथि चर्चा कार्यक्रम सम्पन्न
  • गैर आवासिय नेपाली संघ र सोनसिकद्वारा ‘वृहत अन्तरक्रिया कार्यक्रम ‘ गरिने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...