एनआरएन कोरियाको अन्तराष्ट्रिय महाधिवेशको प्रतिनिधी चयनको फर्म भर्ने अन्तिम मिती जुलाई २०


गैर आवासीय नेपाली संघको आगामी अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना गरिने १० औ अन्तराष्ट्रिय महाधिवेशनको लागि प्रतिनिधी चयन गर्न एनआरएन दक्षिण कोरियाले फर्म खुला गरेको छ । फर्म भर्ने मिती जुलाई २० साँझ ५ बजेसम्म तोकिएको आठौं कार्यसमितिको लागि गठित निर्वाचन समितिले शनिबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

एनआरएन कोरियाका अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) र राष्ट्रिय समन्वय परिषद (एनसीसी) मा हाल र बिगतमा काम गरीसकेका व्यक्तिहरु मध्ये बाट ६५ प्रतिशत चयन गरिने छ । साथै राष्ट्रिय समन्वय परिषदका पञ्जिकृत सदस्यहरु बाट २५ प्रतिशत प्रतिनिधि छनौट गरिने निर्वाचन समितीले जनाएको छ ।

आइसीसीका सल्लाहकार, संरक्षक, मानार्थ सदस्य र पूर्व पदाधिकारीहरु, आइसीसी अन्तरगत गठीत विभिन्न समितीका संयोजक, उपसंयोजक र सदस्यहरु रहने छन् भने एनसीसीका सदस्यहरु तथा पूर्वपदाधीकारी र सदस्यहरु, पछिल्लो निर्वाचनका उपविजेताहरुबाट ६५ प्रतिशत चयन गरिनेछ ।

त्यसैगरी एनआरएनए कोरियाका पंजीकृत सदस्यहरु मध्ये विद्यार्थि भिषामा रहेका बाहेकबाट २५ प्रतिशत चयन गरिने छ । आवश्यक भन्दा बढी आवेदन परेमा लामॊ अवधी सम्म संघको पदाधिकारी वा पंजीकृत सदस्यता रहेकोलाई प्राथमिकता दिईनेछ ।

हिजो साँझ २०२१ जुलाई २१ तारिख सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचनका लागि प्रतिनिधिको शुल्क नलिने निर्णय गरेकोले आगामी १० औ महाधिवेशनको प्रतिनिधी बन्न इच्छुकहरुले फर्म भर्दा कुनै शुल्क लाग्ने छैन । यदी कसैले फर्म शुल्क बुझाएको भए फिर्ता गरिने निर्णय पनि गरेको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३।७ बमोजिम अन्तर्राष्ट्रिय महाधिवेशनको प्रतिनिधी चयन गर्न लागेको निर्वाचन समितीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • छुसकको कार्यक्रममा एनसिसिको सहजिकरण , तनहूँ, पाँचथर र लुम्बिनीलाई अनुमति
  • चुम्लुङ कोरियाद्वारा केलाङ प्रशिक्षण सम्पन्न
  • पूर्वी नेपाल समाजले १० औँ वार्षिकोत्सव सँगै वृहत वनभोजको आयोजना गर्दै
  • जुन २२ का दिन ह्वासङमा ‘खुल्ला पुल प्रतियोगिता’ हुँदै
  • ताजा अपडेट

    ईपिएस

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...