Advertisement
SKIP THIS

२०२२ का लागि काेरियामा बढ्याे तलब


सन २०२२ का लागि दक्षिण कोरियामा मजदुरको तलब वृद्धि भएको छ । जसअनुसार मजदुरले अव प्रतिघण्टा न्यूनतम ज्याला ९१६० वोन ($७.९८) प्राप्त गर्न सकिनेछ । जुन ५.१ प्रतिशतले वृद्धि हो ।

अहिले कोरियामा प्रतिघन्टा ८७२० वोन रहेको छ ।

सरकारी भवन सेजोङमा सोमबार मध्यरातमा २७ सदस्यीय न्युनतम ज्याला निर्धारण समितिको क्लोज क्याम्पले उक्त ज्याला निर्धारण गरेको हो । समितिको सदस्यहरुमा मजदुर युनियन, उद्योगी र सार्वजनिक क्षेत्रका ९/९ जना सदस्य रहेका थिए ।

प्रस्तावित ज्याला वृद्धिको विरोधमा उद्योगी तर्फबाट नौ जना सदस्य र चार युनियनका प्रतिनिधिहरूले कोठा छोडेका कारण 14 जनाले मात्र मतदानमा भाग लिएका थिए । जसमा १३ जनाले पक्ष र १ जनाले विपक्षमा मतदान गर्दै पारित गरिएको हो ।

ज्याला निर्धारणका लागि मजदुर युनियनले १० हजार वाेन (१४.७प्रतिशत वृद्धि) पुर्याने प्रस्ताव राखेका थिए भने उद्योगगीहरूको तर्फबाट ८८५० वाेन(१.५ प्रतिशत वृद्धि) मात्र प्रस्ताव राखेका थिए ।

यसरी अझै एक हजार वन पनि नपुर्याइएकोमा भने मजदुर युनियनहरुले असन्तुष्टि जनाएको छ । वर्तमान राष्ट्रपति मुन जे-इनले आफू निर्वाचित हुँदैगर्दा मजदुरको न्युनतम ज्याला सन २०२० सम्ममा प्रतिघन्टा दस हजार पुर्याउने प्रतिबद्धता जनाएका थिए । तर उद्योगीको चर्को विरोध र कोविड-१९ लगायतका कारण देखाउदै अहिले सम्म पनि दस हजार वन पुर्याउन सकिएको छैन ।

जब कि ज्याला निर्धारण गर्ने यो नै मुन जे-इनको अन्तिम अवसर हो ।

ज्याला निर्धारणबाट साना तथा मझौला उद्योगीहरु पनि असन्तुष्ट रहेको जनाएको छ ।

अहिले अनुमोदित पारिश्रमिक श्रम र रोजगार मन्त्रालयमा बुझाउनेछ जसले अगस्ट सम्म आधिकारिक घोषणा गर्नुपर्नेछ। यदि अनुमोदन भएमा यो अर्को वर्ष जनवरी १ देखि लागू हुनेछ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपाली जनसम्पर्क समिती कोरियाद्वारा सक्रिय सदस्यताका लागि फारम खुला
  • किरात राई यायोक्खा दक्षिण कोरियाको १३ औँ महाधिवेशन सेप्टेम्बर १४ मा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ति विशेष भेटघाट तथा वृहत वनभोज’ कार्यक्रम अन्तिम चरणमा
  • चुम्लुङ कोरियाको ‘रजत जयन्ती विशेष भेटघाट एवम वनभोज कार्यक्रम’ अन्तिम चरणमा
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...