एनआरएन कोरियाको क्षेत्रिय समिती ग्याङगी ईन्छनको अध्यक्षमा गौतम
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद दक्षिण कोरिया को क्षेत्रिय समिती ग्याङगी ईन्छनको नेतृत्वमा पुरुषोत्तम गौतम चयन भएका छन् । त्यसैगरी उपाध्यक्षमा राज कुमार घिमिरे, रेबन्त बहादुर रावल, महिला उपाध्यक्षमा सरिता बस्नेत कार्की रहेका छन् भने सचिवमाअशोक कुमार शाह, सह सचिवमा नरेश रावल, कोषाध्यक्षमा सन्तोष चौलागाई र सदस्यमा भरत खड्का रहेका छन् ।
निर्वाचन समितीले आवहान गरेको उम्मेदारी दर्तामा परेका सम्पूर्ण पदाधिकारीहरु उपर कुनै दावी विरोध नपरेपछि आइतबार निर्वाचन समितीले निरविरोध सर्ब्वसम्मतिले निर्बाचित भएको घोषणा गरेका थिए ।
जुन २७ तारिख सम्पन्न दोस्रो अधिवेशन सम्पन्न गरी गठित निर्वाचन समितीले दोस्रो कार्यसमितीको लागि उम्मेदारी दर्ताको आवहान गरिएको थियो । आन्सानमा सम्पन्न कार्यक्रममा नाव नियुक्त पदाधीकारीहरुलाई सपथ ग्रहन गरिएको थियो ।