Advertisement
SKIP THIS

एनआरएनए कोरियाको कोषाध्यक्षमा परी गुरुङको उम्मेदवारी ।


बोम्जन गुरुङ
११ जुलाई २०२० कोरिया ।

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको आठौं महाधिवेशन (२०२१-२०२३) का लागि लागि समाजसेवी परी गुरुङ (सोल मिरा)ले कोषाध्यक्ष पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । बढ्दो गर्मीसँगै कोरियामा एनआरएनए चुनावी माहौल पनि उत्तिकै तात्तिदै गईरहेको छ । कोरोना जोखिमको कारण इलेक्ट्रोनिक भोटिङ सिस्टमबाट यही आउँदो जुलाई १८ तारिक उक्त महाधिवेशन हुने भएको हो ।

सन् २००९ मा कोरिया प्रवेश लगत्तै थुप्रै सामाजिक क्षेत्रमा निरन्तर आफ्नो सक्रिय उपस्थिति देखाउदै आइरहेका गुरुङ कोरिया स्थित तमु धीं ख्यङ्सनाम्दो बुसान शाखाको सल्लाहकार, आदिवासी जनजाति महासंघ बुसान शाखाका वरिष्ठ उपाध्यक्ष, किम्हे सिस्टरहुडका सल्लाहकार लगायत अन्य धेरै संस्थामा आबद्ध छिन् । स्पष्ट विचारधारा, आँटिलो स्वभाव र सहयोगी भावनाले ओतप्रोत गुरुङ कोरियाको जनसमुदायमा एक परिचित व्यक्तित्व र सफल व्यवसायी समेत हुन् ।

लामो समयदेखि कोरियामा विभिन्न संघसंस्थाहरुमा जोडिएर समाजसेवाको दायरालाई फराकिलो बनाउँदै आइरहेकी उनी गैर आवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद दक्षिण कोरियाको कार्यसमिति अन्तर्गत रहेर आफूले प्राप्त गरेको ज्ञान, अनुभवलाई आम नेपाली समुदायको हक, हित र सेवामा काम गर्ने अठोट सहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएको उनले बताईन् । “समतामूलक समावेशीता रुपान्तरण सहितको पारदर्शिता” भन्ने नारालाई अघि सार्दै कोरियामा एआरएनए आम नेपालीहरुको विश्वासिलो सारथी र पूर्ण रुपमा मजदुरमैत्री हुनुपर्नेमा जोड दिईन् ।

संस्थाको नियम, मूल्य र मान्यतालाई आत्मासात गर्दै आफ्नो पदीय दायित्व र अभिभारामा कटिबद्ध रहेर स्वच्छ, निष्पक्ष र पारदर्शिता सहितको एनआरएनएको छविलाई उच्च बनाउने संकल्प र प्रतिबद्धता व्यक्त गर्दै उनी चुनावी मैदानमा उत्रिएकी हुन् । माईतिघर स्याङ्जा (हाल पोखरा) र कर्मघर बागलुङ रहेको र गुरुङकी चेली र मगरकी बुहारी रहेको कोषाध्यक्ष पदका उम्मेदवार परी गुरुङले आफ्नो मताधिकार प्रयोग गर्दै भारी मतले विजयी गराउनुहुन कोरियामा रहनुहुने समस्त दाजुभाई, दिदीबहिनीहरु समक्ष हार्दिक अपिल गरेकी छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...