इन्द्रेणीलाई तमु समाज मलेसियाद्धारा आर्थिक सहयोग ।


मनु कोन्मे गुरुङ, पोखरा

तमु समाज मलेसियाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत तमु तथा गैर तमुहरुबाट रकम संकलन गरि इन्द्रेणी कार्यक्रमलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरेको छ ।

विश्व भरि आक्रन्त रुपमा महामारी फैलिएको कोभिड – १९ को कारण नेपालमा लकडाउनका कारण अप्ठ्यारोमा परि खाना बस्न गाह्रो परेका गरिब दुखी पिडामा परेकाहरुका लागि इन्द्रणी कार्यक्रम मार्फत बितरण गर्नको लागि केही सहयोग रकम संकलन गरि तमु समाज मलेसियाले इन्द्रेणीलाई नेपाली ५५,०००/- (पचपन्न हजार) रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

उक्त सहयोग रकम चलचित्र निर्माता एवं हङकङ निवासी बिकास क्रोम्जे गुरुङ, सिआइडी अजय गुरुङ, समाजसेवी, गीत संगित निर्माता मिठु माया गुरुङ र समाजसेवी एबम कलाकार भिजन गुरुङको टोलिले इन्द्रेणीका कार्यक्रम संचालक कृष्ण कंडेललाई इन्द्रेणीको कार्यालयमा हस्तान्तरण गरेको हो ।

तमु समाज मलेसियाले विगतमा पनि हरेक क्षेत्रमा यस्ता आर्थिक सहयोगहरु गर्दै आइरहेको र आउदो दिनहरूमा पनि गर्दै जाने तमु समाज मलेसियाका महासचिव दिल गुरुङ साइलाले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • एनआरएनए अध्यक्षमा विनोद कुँवर र सचिवमा जुनु गुरुङ
  • एनआरएनए कोरियाले नेपालमा लगानीको अवस्था र सम्भावना विषयक अन्तरक्रिया कार्यक्रम गर्ने
  • NRNA KOREAले नियमित उडान सुचारु गर्न र सामाजिक सुरक्षा कोषमा सहभागी गराउन राजदूतावासमा बुझायो पत्र
  • एनआरएन एसिया प्यासीफिक क्षेत्रिय उप संयोजकमा सुवेदीको उम्मेदारी केको लागि ?
  • ईपिएस

    आप्रवासी कामदारमाथि हुने भेदभाव उन्मूलनको पहिलो वर्ष रहोस् भन्दै प्रेस विज्ञप्ति घोषणा

    एक अटोमोबाइल पार्टपुर्जा निमार्ण कम्पनीमा काम गर्ने दुई जना आप्रवासी कामदारहरूले विगत धेरै वर्षदेखि लगभग हरेक दिन १ घण्टा ३० मिनेट मात्र ब्रेक लिएर बेलुकी ६ बजेदेखि अर्को दिन बिहान ८:३० सम्म काम गरे। त्यस्तै अर्को कम्पनीमा काम गर्ने विदेशी कामदारले न साप्ताहिक ...

    दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा १२१० जनाको माग, ईपिएस् अन्तर्गत आवेदन फाराम परिवर्तन गरी आउन पाउने

    ईपिएस् मार्फत दक्षिण कोरियाको जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको छ । दक्षिण कोरिया आउने पर्खाइमा बसेका इपिएस् कामदारहरुले आवेदन फाराम परिवर्तन गरी जहाज निर्माण कम्पनीमा सिधै आउन पाउने भएको सुचना इपिएस् शाखा ग्वार्खोले जारी गरेको छ । HRD Service of Korea ले फाराम ...

    स्थगित कोरियन भाषा परीक्षा (EPS-TOPIK, UBT) आज

    गत मागमा स्थगित भएको कोरियन भाषाको परिक्षा आज सञ्चालन हुने भएको छ ।   रोजगार अनुमती प्रणाली (EPS ) अन्तर्गत कोरिया जान चाहने नेपाली कामदारहरुको मिति २०७९।१०।१८ (तदानुसार ०१ फेब्रुवरी, २०२३) गते देखि सञ्चालन भैरहेको दोश्रो चरणको कृषि तथा पशुपालन क्षेत्र तर्फको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...