Advertisement
SKIP THIS

नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको तेस्रो अधिवेशन जुन ६ मा हुने


नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखाको तेस्रो ऐतिहासिक अधिबेशन यहि आउदो जुन ६ तारिक आइतबार हुने भएको छ । तामाङ समाज ख्यङ्साङ् बुसान बाट भर्खरै नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखामा रुपान्तरण भएको संघले निर्धारित समय भन्दा अगाडि नै अधिबेशन गर्न लागिएको हो ।

संस्थाको क्रियाशील पदाधिकारीहरु धेरै जना आफ्नो कोरिया बसाई पुरा गर्दै नेपाल फर्किसकेको र फर्किने क्रम रहेकोले अधिबेशन तोकिएको समय अगावै गर्न लागेको घेदुङ ख्यङ्साङ् बुसान शाखाका अध्यक्ष सुजित घिसिङले जानकारी दिएको हो ।

विश्व नै आक्रान्त बनाई रहेको कोभिड १९ महामारीको कारण अन्लाईन माध्यम जूम मार्फत अधिवेशन हुने जनाएको छ ।

त्यसैले ख्यङ्साङ् बुसान आसपास रहेको सम्पूर्ण तामाङ तथा गैरतामाङ दाजुभाई दिदि बहिनीहरु, विभिन्न क्षेत्रीय, जातिय संघ-संस्थाका प्रतिनिधीहरु, समाजसेवी, बुद्धिजीवी, पत्रकार, व्यवसायी, विधार्थी, खेलाडी लगायत सम्पूर्ण लाई जूम मार्फत सहभागी जनाई तेस्रो ऐतिहासिक अधिवेशन सफल पारिदिन संस्थाका अध्यक्ष सुजित घिसिङले अनुरोध गरेका छन् ।

आफ्नो कला, संस्कार, संस्कृती, मौलिक पर्वको संरक्षण गर्दै विभिन्न सामाजिक कार्यमा कृयासिल रहदै आएको कोरियाको दुई तामाङ संस्था तत्कालिन तामाङ समाज ख्यङ्साङ् बुसान दक्षिण कोरिया र तत्कालिन नेपाल तामाङ संघ दक्षिण कोरिया बिच लामो समयको प्रयास पछि केहि समय अगाडी एकीकरण भई नेपाल तामाङ घेदुङ दक्षिण कोरिया स्थापना गरिएको थियो । नेपाल तामाङ घेदुङ सउल केन्द्र र नेपाल तामाङ घेदुङ ख्यङ्साङ् बुसान शाखा रहने गरि एकता भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...