Advertisement
SKIP THIS

कोरियामा २०१६ देखि नेपाली कामदारको न्यूनत्तम तलब १ लाख १५ हजार


देवेन्द्र सम्बाहाम्फे

सोल, दक्षिण कोरियामा कार्यरत नेपाली कामदारहरुले २०१६ देखि न्यूनत्तम तलब १ लाख १५ हजार पाउने भएका छन् । यहांको ज्याला निर्धारण समितिले न्यूनत्तम पारिश्रमिकमा ८.१ प्रतिशतले बृद्धि गर्ने निर्णय गरेपछि साना तथा मझौल उद्योगहरुमा काम गर्दै आएका नेपाली कामदारहरुले न्यूनत्तम पारिश्रमिक १ लाख १५ हजार रुपैयां अर्थात १२ लाख ६० हजार २ सय ७० वन पाउने भएका हुन् । तलब बृद्धिसंगै स्वदेशी तथा बिदेशी कामदार अरु उत्साहित भएका छन् ।

 

समितिको कार्यलय सेजङ सी थेजनमा बिहिबार बिहान १ बजे भएको मतदानमा  बहुमतले  २०१६ को जनवरिबाट लागु हुने गरि ८.१ प्रतिशतले बृद्धि गर्ने पक्षमा मत दिएपछि समितिका अध्यक्ष पार्क जोन सङ घोषणा गरेका थिए  ।  नयां तलवमान अनुसार कोरियाका मजदूरहरुले प्रतिघण्टा ६ हजार ३० वन र प्रति महिना न्यूनत्तम १२ लाख ६० हजार २ सय ७० वन (१ डलर बराबर १०१.६९ रुपैयांं , १हजार न ) पाउने भएका हुन् । हाल यहांका मजदूरहरुले प्रतिघण्टा ५ हजार ५ सय ८० वन पाउदै आएका छन् । यो तलब बृद्धि २००९  यताकै ठूलो अंक हो ।

 

तलब निर्धारण गर्न मंगलबार सांझबाट शुरु भएको बैठक बुधबार बिहान बिहान ५.३० बजेसम्म सरकारी अधिकारी,मजदूर प्रतिनीधि र रोजगारदाताबिच ११ पटकसम्म बार्ता भए पनि समझदारि हुन नसके पछि १२ औं बार्ताले बिहिबार बिहान १ बजे  मतदान गर्ने निर्णय गरेको थियो ।

 

२७ समस्यीय ज्याला निर्धारण समितिमा मजदूर प्रतिनीधि ९, सकरकारी अधिकारी र रोजगारदाताका तर्फबाट ९ जना प्रतिनीधि रहने ब्याबस्था रहेको छ । ती मध्ये बिहिबार भएको मतदानमा मजदूर प्रतिनीधि ९ जना र कम्पनी ब्याबस्थापनको तर्फबाट २ जनाले मतदान बाहिस्कार गरेका थिए भने १६ जनाले ८.१ प्रतिशतको पक्षमा मतदान गरेका थिए ।

 

कोरियन मजदूर महासंघ (केसीटीयू), प्रवासी मजदूर यूनियन (एमटीयू) लगायतका मजदूर संगठनहरुल ओईसीडीका मुख्य सदस्यहरु मध्ये मजदूरको तलब कोरियामा सबैभन्दा कम भएको, महङ्गी बृद्धि र प्रवासी, अस्थायी तथा महिला मजुदूरको  जिबनस्तर उकास्न ७९ प्रतिशत (प्रतिघन्टा १० हजार वन)  बृद्धि गनुपर्ने  माग गर्दै आएका छन् ।

 

आज भएको निर्णयको श्रम तथा रोजगार मन्त्रालयले बिभिन्न पक्षमा अध्ययन गरेर अगष्ट ५ मा  स्वीकृत गर्नेछ । कोरियामा जुन २९ अगावै अर्को बर्षको तलब निर्धारण गर्ने प्रावधान भए पनि तीन पक्षको असमझदारीका कारण हरेका बर्ष मतदान हुने गरेको छ । यो बर्ष पनि सरकारले पार्क जोन सङको अध्यक्षतामा न्यूनत्तम ज्याला निर्धारण समिति गठन गरेको थियो

कोरियामा २००३ देखि प्रत्येक बर्ष मजदूरहरुको तलव बृद्धि हुदै आएको छ । २०१६ का लागि  निर्धारण गरिएको ८.१ प्रतिशत गत बर्षभन्दा १ प्रतिशतले बढि हो । कोरियामा २००९ मा ६.१ , २०१० मा २.७५ ,२०११ मा ५.१, २०१२ मा ६ , २०१३ मा ६.१ र २०१४ मा ७.१ प्रतिशत बृद्धि हुदै आएको छ । कोरियाली मजदूर इतिहासमा सबैभन्दा धेरै २००४ मा १३.१ प्रतिशत तलव बृद्धि भएको थियो ।

 

परिबर्तित नया तलव मानल कोरियाको बिभिन्न उद्योगहरुमा कार्यरत स्वदेशी तथा बिदेशी मध्ये ५० लाख न्यून आय भएका मजदूरहरुलाई फईदा पुग्ने छ । नेपाल सहित एशियाका पन्ध्र देशका यूवाहरुको आकर्षक रोजगारी स्थल बन्दै गएको कोरियमा प्रत्येक बर्षको तलब बृद्धिले ३० हजार नेपाली  कामदारलाई प्रत्यक्ष फाईदा हुने छ ।

 

 

 

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...