Advertisement
SKIP THIS

मजदूर ज्याला निर्धारण समितिमा रस्साकस्सी जारी नै, ७ देखि ८ प्रतिशत बढ्ने सम्भावना


फोनिज कोरिया संवाददाता
सोल- २०१६ को जनवरी १ देखि लागु हुने गरि कोरियामा कार्यरत मजदूरहरुको तलब बढाउन हिजो देखि बसेको ज्याला निर्धारण समितिको बैठक बुधबार बेलिकीसम्म पनि जारी नै रहेको छ |
 
मजदूरहरुको ज्याला निर्धारणबारे सरकारि प्रतिनीधि, मजदूर प्रतिनीधि र कम्पनि ब्यबस्थापन प्रतिनीधिबीच आ-आफ्नो अडानमा रस्साकस्सी चलिरहेको एक मजदूर प्रतिनीधिले फोनिज कोरिया डटकमलाई बताए |
 
‘७ देखि ८ प्रतिशत बढ्ने सम्भावना छ |’ ती प्रतिनीधिले भने | उनका अनुसार सरकारले गतबर्ष मजदूरको तलब धेरै बढाउनुपर्छ भने पनि अर्को बर्ष संसदीय चुनाब हुने भएकाले पनि सरकारले कम्पनि ब्यबस्थापनलाई धेरै तलब वृद्धि गर्न दबाब दिन सकेको छैन |
 
त्रिपक्षीय बैठक समितिको कार्यालय थेजनमा जारी रहे पनि मजदूर प्रतिनीधिहरु बैठक परिसर बाहिर छन् | उनीहरुले सरकार र कम्पनि ब्यबस्थापनको प्रस्तावलाई अस्विकार गर्दै बुधबार बिहान पत्रकार सम्मेलन गरेका थिए |
 
प्रतिघण्टा   ८,१०० वन देउ कोरियाली मजदूर संगठन
प्रतिघण्टा ५९४०-६१२० वनमा सम्झौता गर -सरकार
प्रतिघण्टा ५७१५ भन्दा बढी दिन सकिंदैन -कम्पनि ब्यबस्थापन
 
ओईसिडीका मुख्य सदस्यहरु मध्ये मजदूरको तलब कोरियामा सबैभन्दा कम रहेका कारण, प्रवासी ,अस्थायी तथा महिला मजुदूरको जिबनस्तर उकास्न वर्तमान तलब स्केलको ७९ प्रतिशत अर्थात प्रतिघन्टा १० हजार वन हुनुपर्ने माग केसिटियु र एमटियुले गर्दै आए पनि आज बिहान प्रति घण्टा ८ हजार १ सय वन सम्ममा समझदारी गर्न सकिने बताएका थिए |

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • प्रथम सिन्धुपाल्चोक भलिबल कप २०२५ को सम्पूर्ण तैयारी पूरा
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • किरात राई यायोक्खाको १३ औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सन्तोष राई
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...