दुई तामाङ सगरमाथा आरोहण गर्दै, तामाङ रिमठिम पर्यटन संजाल´ले गरे बिदाई तथा शुभकामना !
काठमाडौ । लामो समयदेखि पर्यटन व्यवसायमा आबद्ध हुँदै आएका दुईजना तामाङ युवाले जेष्ठको ५ देखि ९ गते भित्रमा बिश्वकै सर्बोच्च शिखर सगरमाथा आरोहण गर्ने भएको छ ।
पर्यटन व्यवसायमा संलग्न काभ्रेका बसन्त स्याङ्तान तामाङ र सोलुखुम्बुका धन बहादुर बम्जन तामाङले पर्यटन पेशालाई अझै बृहत, ब्यापक र बलियो बनाउने मुख्य उदेश्य राखेर सगरमाथा आरोहण गर्न लागेको जनाएको छ । उनै दुईजना तामाङ युवालाई तामाङ पर्यटन व्यवसायीहरुको साझा संस्था `तामाङ रिमठिम पर्यटन संजाल´ ले एक कार्यक्रमको आयोजना गरि बिदाई तथा शुभकामना दिएको हो ।
शुक्रवार (चैत्र २०) स्वयम्भू स्थित `तामाङ कुदाप रेस्टुरेन्ट´ मा आयोजित उक्त कार्यक्रम संस्थाका अध्यक्ष अम्बर बम्जन तामाङको अध्यक्षतामा सप्पन्न भएको हो । सो कार्यक्रममा महासचिव छेटुप दोङ तामाङले स्वागत मन्तब्य राखेका थिए भने कार्यक्रम संचालन संस्थाका सचिव नरध्वज तामाङ `क्षितिज´ ले गरेका थिए ।
कार्यक्रमको अवसरमा टानका महासचिव सरिता लामा, पहिलो चोटी सानो उमेरमा सगरमाथा आरोहण गरी बिश्व कीर्तिमान कायम गरेका अग्रज ब्यक्तित्व शम्भु तामाङ, सगरमाथा आरोही बिश्वराज तामाङ, अग्रज ब्यवसायीहरु भिम तामाङ, तिलक लोप्चन लामा लगायत धेरै अग्रज र नयाँ पुस्ताका ब्यवसायीहरुको उपस्थिती रहेको थियो ।