Advertisement
SKIP THIS

स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न, अध्यक्षमा कमल अर्याल


बोम्जन गुरुङ, सउल कोरिया

३१ जनवरी २०२१

कोरियास्थित अति क्रियाशिल क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरिया किम्हे/बुसान शाखाको तेश्रो अधिवेशन सम्पन्न भएको छ । कोरोना कहरको विषम परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल जूम मार्फत कमल अर्याल अध्यक्ष रहने गरि २५ सदस्यीय पदाधिकारी र सदस्यको कार्यसमिति गठन भएको हो ।

संस्थाका शाखा अध्यक्ष कमल अर्यालको सभापतित्व र स्याङ्जा परिवार दक्षिण केन्द्रीय अध्यक्ष युवराज गुरुङको प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । शाखाका सदस्य मदन भण्डारीको स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा आर्थिक संयोजक नवराज खाँणले संस्थाको आर्थिक प्रतिवेदन पेश गरेका थिए । संस्थाका केन्द्रीय अध्यक्ष युवराज गुरुङले परदेशी भूमिमा अपनत्व महसूस हुने गरि स्याङ्जा परिवारले विविध सामाजिक कार्य गर्दै आईरहेको सन्दर्भ उल्लेख गर्दै अझ संस्थाको मजबुतीको लागि एकता हुनुपर्ने तर्क अघि सारे ।

केन्द्रीय सचिव भक्त थापा, कोषाध्यक्ष विजय थापा, थेगु शाखा अध्यक्ष विष्णु वाग्ले र किम्हे/बुसान क्षेत्र आसपासका अन्य संस्थाका प्रतिनिधिहरुले किम्हे बुसान शाखाको हरेक गतिविधिको प्रशंसा गर्दै अधिवेशन सफलताको शुभकामना सहित संस्था प्रतिको आ-आफ्नो धारणा राखेका थिए ।

दोश्रो चरणको बन्द सत्र अन्तर्गत युवराज गुरुङको संयोजकत्वमा बनेको निर्वाचन मण्डलले २५ सदस्यीय कार्यसमिति गठन गरेको छ । जस अन्तर्गत अध्यक्षमा कमल अर्याल, वरिष्ठ उपाध्यक्ष आशिष रानाभाट, उपाध्यक्ष रमेश काफ्ले, उपाध्यक्ष मदन भण्डारी, उपाध्यक्ष डेपलभ पोखरेल, महिला उपाध्यक्ष नमुना पौडेल, सचिव डिबी शिव पोखरेल (DB Shiva), सहसचिव राजेश काफ्ले, कोषाध्यक्ष शंकर पौडेल, सहकोषाध्यक्ष रोहित पाठक र सदस्यहरुमा अनिल खड्का, रसिक पाण्डे, दामोदर भण्डारी, सागर लामिछाने, बिशाल रानाभाट, सूर्य गुरुङ, गोकुल पौडेल, सीता थापा, माया गुरुङ, कल्पना पोखरेल, सुभाष काफ्ले, अनिता गुरुङ, नेत्र चापागाई, प्रकाश पोखरेल कृष्ण बस्याल आदि रहेका छन् । उद्घाटन सत्रमा संस्थाका सहसचिव रेशमलाल मरासिनी र बन्द सत्रमा छबिन रानाले कार्यक्रम सञ्चालन गरेका थिए ।

अधिवेशन सफलताको शुभकामना सहित अमूल्य समय प्रदान गरेर तेश्रो अधिवेशन सफल पार्नको निमित्त भर्चुअल जूममा उपस्थित जनाउनुहुने संस्था सम्बद्ध समस्त अग्रज व्यक्तित्व, सदस्य र शुभचिन्तकहरुमा स्याङ्जा परिवार किम्हे/बुसान शाखाले हार्दिक धन्यवाद र आभार व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • कोरियामा पहिलो पटक ‘सुजन चापागाईँ एण्ड द इन्फिनिटी’ व्याण्ड गुञ्जने निश्चित
  • बहु प्रतिक्षित चलचित्र जारी २ कोरिया प्रदर्शनका लागि बूकिङ खुला
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...