सशक्त दलित एकता समाजको पहिलो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रेम बर्देवा
सशक्त दलित एकता समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनबाट प्रेम बर्देवा अध्यक्षमा निर्वाचित भएका छन् ।
त्यस्तै समाजको संरक्षकमा बिनोद सेवा र सन्तोष कश्यप बिक रहेका छन् भने सल्लाहकारमा भने सन्तोष बराइली रहेका छन् ।
भर्चुअल माध्यम जूम मार्फत जनवरी १ शुक्रबार सम्पन्न भएको समाजको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा घनश्याम बिक, उपाध्यक्षमा अर्जुन परियार र आशिष माल्बु तथा महासचिवमा सुरेस परियार, सचिवमा हुमन छढुंङ्गेल र कुलमान बिक, कोषाध्यक्षमा हरि बराइली निर्वाचित भएका छन । त्यसैगरी सदस्यहरुमा कृष्ण परियार, सुवास रोका र नेत्र परियार रहेका छन् ।
बाँकी सदस्यहरु भने समाजको कार्यसमितिले आवस्यकता अनुसार थप्न सकिने जनाएको छ ।