संगम सेर्मा लिम्बूको माइबेनी मेलैमा गीतको भिडियो सार्वजनिक

प्रवासी भूमी कोरियामा रहेरपनी नेपाली गीत संगीतमा सक्रिय गायक संगम सेर्माको पूर्वेली लोक गीत माइबेनी मेलैमा सार्वजनिक भएको छ। यस गीतलाई कोरियाको चर्चित रेकर्डिङ स्टुडियो बबल्गममा रेकर्ड गरिएको हो। माइबेनी मेलैमा गायक सेर्मालाई चर्चित गायिका मेलिना राईले साथ दिएकी छिन्।
युट्युब च्यानल लिम्दुमी कृएसन मार्फत अपलोड गरिएको गीतमा संगीतकार डिआर अटुको शब्द र संगीत रहेको छ भने राजु कार्कीले एरेन्ज गरेका छ्न्।
गीतको भिडियो निकै उत्कृष्ट बनेको छ। निर्देशक दिनेश माङ्मुको निर्देशन रहेको भिडियोमा उमेश राई “फुलन्देको आमा”, सन्ध्या बुढा “काउली बुढी”, विशाल सेनेहाङ र निरञ्जली लामाको अभिनय हेर्न सकिने छ। भिडियोलाई वुद्ध थापाले छायांकन गरेका छन् भने विमला तामाङको श्रृङ्गार र विकास धमलाको सम्पादन रहेको छ।
भिडियोको लागि तलको लिङ्क क्लिक गर्नुहोला