Advertisement
SKIP THIS

मगर संघ कोरियाद्वारा बिरामी तथा मृतक परिवारलाई ७७ लाख ६४ हजार वन (करीब ७ लाख ६ हजार रुपैया) आर्थिक सहयोग


समाचारदाता २८ सेप्टेम्बर २०२०
 
दक्षिण कोरियामा सामाजिक कार्यमा अग्रस्थानमा रहेको संस्था नेपाल मगर संघ दक्षिण कोरियाले हालसालै मात्र कोरियामा रहेका बिभिन्न बिरामी तथा कोरियामै मृत्यु भएकाहरुको परिवारलाइ नेपालमा एक मुष्ट गरी ७७,६४,००० वन (करिब ७ लाख ६ हजार रुपैंया) आर्थिक सहयोग गरेको छ ।
कलेजो सम्बन्धी बिरामीद्धय बाग्लुङका निर्मल श्रीस मगर र स्याङ्जाका सुर्य थापा मगरलाई संस्थागत जनही ७/७ लाख वन सहयोग गरिएको हो भने कोरियामा विभिन्न कारणले मृत्यु भएका म्याग्दीका डम्बर पुर्जा मगरजस बहादुर पुन मगरको परिवारलाई जनही ५/५ लाख वन सहयोग गरेको छ । त्यसैगरी मृगौला सम्बन्धी बिरामी सिन्धुलीकी याम कुमारी थापा मगरलाई संस्थागत ७ लाख वन र कोरियामा रहेका मगर संस्थाहरु नेपाल मगर संघ दक्षिण कोरिया (केन्द्र) को आर्थिक अभियानबाट उठेको २८ लाख ५ हजार वन, नेपाल मगर संघ दक्षिण कोरिया थेगु शाखाको आर्थिक अभियान बाट उठेको ७ लाख २ हजार वन र नेपाल मगर संघ दक्षिण कोरिया किम्हे/बुसान शाखाको आर्थिक अभियानबाट उठेको ११ लाख ५७ हजार वन गरी एकमुष्ट ५३ लाख ६४ हजार वन सहयोग गारिएको छ ।
 
सहयोग रकम बिरामीकै हातमा र परिवारको हातमा संस्थाका प्रमुख सल्लाहकार होबिर थापा मगर, सल्लाहकार तथा थेगु शाखा संरक्षक नगेन्द्र मगर,सल्लाहकार जितन भाइ श्रीस, अध्यक्ष सि.पी.मगर, महिला बिभाग प्रमुख गंगा पुन मगर, सदस्य राज खाम्चा मगर, भु.पु.अध्यक्ष झक सिंजाली मगर, भु.पु.सचिब अर्जुन थापा मगर र भु.पु. सह-कोषाध्यक्ष सुशिला थापा मगरले समय र स्थान अनुकुल सेप्टेम्बर ३ देखि सेप्टेम्बर २० सम्म बिरामी तथा सम्बन्धित परिवारलाइ हस्तान्तरण गर्नुभएको थियो। बिरामीको शीघ्र स्वास्थ्य लाभको कामना सहित थेगु शाखा अध्यक्ष कुमार गर्बुजा मगर, किम्हे/बुसान शाखा अध्यक्ष धन सलामी मगर र केन्द्र अध्यक्ष सि.पी.मगरले संयुक्त रुपमा सम्पुर्ण सहयोगीहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...