Advertisement
SKIP THIS

कोरियामा निधन भएका खड्क बहादुर थापाको परिवारलाई स्याङ्जा परिवारद्धारा आर्थिक सहयोग


बोम्जन गुरुङ, दक्षिण कोरिया

१२ सेप्टेम्बर २०२०

ईपीएस प्रणाली मार्फत दक्षिण कोरियाको ख्यङ्जु शहर नजिकै एक कम्पनीमा कार्यरत सुतेकै अवस्थामा मृत भेटिएका ३३ वर्षीय खड्क बहादुर थापाको परिवारलाई राहत/सान्तवना स्वरुप स्याङ्जा परिवार दक्षिण कोरियाको नेतृत्वमा संकलित रु. एक लाख असी हजार हस्तान्तरण गरिएको छ ।

विशेषतः कोरियामा हुने गरेका हरेक दुःखद घटनाहरुमा सक्रिय उपस्थिति सहित विभिन्न सहयोग आइरहेको क्षेत्रीय संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले मृतक थापाको परिवारको दुःखको घडीमा मल्हम लगाउने अभिप्रायले आर्थिक संकलन अभियानबाट संकलित रकम संस्थाका केन्द्रीय बरिष्ठ सल्लाहकार गुप्त गुरुङ, निवर्तमान केन्द्रीय सल्लाहकार नवराज वाग्ले, केन्द्रीय सदस्यद्धय डिल्लु बिरकट्टा मगर र सितल राना मगरले संस्थागत प्रतिनिधित्व जनाउँदै मृतकको पिता तिलचन थापा र माता नरमाया थापा, छरछिमेक, आफन्तजन लगायतको उपस्थितिमा सो सहयोग रकम प्रदान गरिएको हो ।

मृतक थापा स्याङ्जा जिल्लाको किचनास माथिल्लो चेप्टे घर भई विगत सात वर्षदेखि कोरियामा कार्यरत थिए । गत मे महिनाको १२ तारिक कम्पनीमा सुतेकै अवस्थामा मृत भेटिएका उनको पार्थिव शरीरलाई कोरोनाको कहर र लकडाउनका कारण नेपाल पठाउन असमर्थ भएकोले सोही महिनाको २४ तारिकमा विधुतीय विधिबाट कोरियामा नै दाहसंस्कार गरिएको थियो । यस्ताखाले सबै दुःखद घटनाहरुमा मानवीय संवेदनाहरुको मर्महरुलाई महसुस गर्दै परदेशी भूमिमा एक आपसमा बन्धुत्व र सहयोगी भावना राख्नुपर्ने धारणा संस्थाको केन्द्रीय अध्यक्ष युवराज गुरुङले स्पष्ट पारे ।

एक हप्ता अघि मात्रै स्याङ्जा गल्याङ इलुङ्गाका लिभर सिरोसिस बिरामी आशिष थापालाई संस्थाकै नेतृत्वमा संकलित सवा छ लाख रुपैंया सहयोग गरिएको थियो । संस्थाको हरेक गतिविधि र यो दुःखद घडीमा मृतक खड्क बहादुर थापाको परिवारमा सहानुभूति व्यक्त गर्दै सहयोग अभियानमा जोडिनुहुने समस्त सहयोगीहरुमा स्याङ्जा परिवार दक्षिण कोरियाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आस्याङ फुटसल कपको उपाधि सुवन एनएफसीले पेनाल्टीमा जित्यो
  • नेपालमा रिलिज अनिश्चित भएपछि कोरियामा चलचित्र जारी २ को प्रदर्शन स्थगित
  • जेनजि आन्दोलनको समर्थनमा, नेपाली दूतावास कोरियामा शान्तिपूर्ण धर्ना हुने
  • कोरियाको छाङ्वनमा हुने २० औं “माम्फ” मा नेपालबाट गायिका मिलन नेवार आउदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...