Advertisement
SKIP THIS

मृगौला रोगले थलिएका स्याङ्जाका बिरामीहरुलाई कोरियाबाट आर्थिक सहयोग ।


बोम्जन गुरुङ, सउल कोरिया ।

०६ सेप्टेम्बर २०२०

स्याङ्जा जिल्लाको अर्जुन चौपारी गाउँपालिका वडा नं २ लामडाँडा निवासी हाल उपचारार्थ मृगौला रोगले थलिएका दुईजना बिरामीहरु डिल बहादुर गुरुङ (जुगेपानी)सुस्मिता गुरुङ (काउले हे) को पारिवारिक आर्थिक अवस्था कमजोर रहेको कारण जीवन रक्षार्थका लागि हाल दक्षिण कोरियामा कार्यरत स्याङ्जा चिउरी खर्क समन्वय समितिका सल्लाहकार समेत रहेका सामाजिक अभियन्ता प्रितम गुरुङ र समाजसेवी सोबित गुरुङको संयुक्त पहलमा संकलित करिब दुई लाख रुपैंया एक कार्यक्रम आयोजना गरी पीडित पक्षलाई हस्तान्तरण गरिएको छ ।

दक्षिण कोरियामा रहेका बिरामीको आफन्तजन, शुभचिन्तक तथा सहयोगी व्यक्तित्वहरुसँग उपचारार्थ दुई बिरामीको लागी आर्थिक संकलन अभियान सञ्चालन गरिएको थियो । यही सेप्टेम्बर ३ तारिक अर्थात २०७७ भाद्र १८ गतेका दिन दिग्दर्शन युवा क्लब लामडाँडाका प्रतिनिधि, स्याङ्जा चिउरी खर्क समन्वय समितिका पदाधिकारी एवं सदस्यहरु, स्थानीय समाजसेवी, बुद्धिजीवीहरु एवं पिडित परिवारका सदस्यहरुको उपस्थितिका विच तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद स्याङ्जा जिल्ला अध्यक्ष तथा स्याङ्जा चिउरी खर्क समन्वय समितिका अध्यक्ष श्री रबिन्द्र कुमार गुरुङज्यूले बिरामीहरुलाई प्रत्यक्ष भेट गरी सो संकलित सहयोग रकम हस्तान्तरण गरिएको हो ।

साथै उक्त अभियान चल्दै गर्दा सोही लामडाँडा गाउँ निवासी थप एकजना चौ माया गुरुङको पनि दुवै मृगौलाले काम नगरेको र उपचारमा धेरै आर्थिक समस्या भईहेको जानकारी सहित आर्थिक सहयोगका लागि अनुरोध गरेको हुनाले सम्बन्धित बिरामीहरुका परिवार, दिग्दर्शन युवा क्लबका प्रतिनिधि, स्याङ्जा चिउरी खर्क समन्वय समितिका प्रतिनिधि र आर्थिक संकलन अभियन्ताहरु विचको छलफल र निर्णय गरे बमोजिम यसै अभियानबाट संकलित रकमबाट केहि प्रतिशत रकम तेश्रो मृगौला बिरामी चौ माया गुरुङलाई हस्तान्तरण गरिएको थियो ।

उक्त मृगौला रोगबाट पिडित तीनै बिरामीहरुका लागि स्याङ्जा चिउरी खर्क समन्वय समिति भीरकोट न.पा. ७ चिउरी खर्कले पनि आर्थिक सहयोग अभियान सञ्चालन गरिरहेको सन्दर्भमा दक्षिण कोरियाबाट संकलित रकम सो समिति संग सहकार्य गरी हस्तान्तरण गरिएको जानकारी सहित अभियन्ता प्रितम गुरुङले सहयोगी सम्पूर्णमा हार्दिक आभारका साथ धन्यवाद व्यक्त गरेका छन् । आर्थिक सहयोग संकलन अभियानमा सहयोग गर्नुहुने सहयोगी दाताहरुको सम्पूर्ण विवरण अभियन्ता गुरुङले आफ्नो फेसबुक मार्फत जानकारी गराएका छन् l

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने
  • नेपाली समाज रुपान्तरणमा ‘योगमायाको योगदान ‘ विषयक कार्यपत्रमाथि विमर्श हुँदै
  • श्रमीक मैत्री NRNA बनाउने अभियान सहित सोनाम शेर्पाको महासचिवमा उमेद्वारी
  • याक्थुङ भाषा र लिपिको प्रारम्भिक तहको प्रशिक्षण कार्यक्रम कोरियाबाट सञ्चालन हुँदै
  • ताजा अपडेट

    ईपिएस

    आगामी वर्ष कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने

      २०२६ का लागि कोरियामा श्रमिकको तलब २.९ प्रतिशतले वृद्धि हुने भएको छ।२०२६ को प्रति घन्टा न्युनतम तलब १०,३२० वोन निर्धारण भएको एमटियू अध्यक्ष उदय राईले जानकारी गराएका छन्। जुलाई १० तारिख बसेको न्युनतम तलब निर्धारण समितिको १२ औ बैठकबाट २०२६ को तलब निर्धारण भएको ...

    उच्छृङ्खल समूहले गरेको गतिविधिमा संस्थाको असंलग्नता पाँच “स” को विज्ञप्ति,

    सनातन साहित्य संगीत साधना समुहले आज आयोजना गरेको "हाङ्गाङ होली महोत्सवमा " केहि समूहले प्रधानमन्त्री केपी ओलि विरुद्ध गरेको नाराबाजि प्रति घोर आपत्ति जनाउँदै प्रेस विज्ञप्ति जारि गरेको छ। महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा आयोजित ...

    कोरियाले E-7 भिसामा नेपाली कामदार प्रवेश गराएको छैन। श्रम कन्सुलर कँडेल

    नेपाली दूतावास कोरियाका श्रम कन्सुलर मैँया कँडेलले कोरियामा इ सेभेन भिसामा कामदार भित्र्याउने प्रक्रिया नरहेको बताएकी छिन्। इ सेभेन (दक्ष) कामदार मात्र होइन हाल नेपालबाट मौसमी कामदार ल्याउन समेत रोक लगाइएको जानकारी दिइन्। मार्च ९ आइतवार  पत्रकार महासंघको ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...